कर्णालीमा ३७७ मतदान केन्द्र ‘अति संवेदनशील’

सुर्खेत । कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका १० जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको बताए।

उनले कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको उनले बताए। कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ छ।

उनले भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता सङ्ख्या, विगतको घटना विश्लेषण र राजनीतिक प्रभावलाई दृष्टिगत गरी मतदान केन्द्रको वर्गीकरण गरिएको र त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको बताए। आवश्यक सामग्रीसहित सबै मतदान केन्द्रमा सुरक्षा अवस्थाका बारेमा पनि निरीक्षण गरिएको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ थियो।

‘कर्णाली प्रदेश एकीकृत सुरक्षा प्रणालीअन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मत केन्द्र वर्गीकरण गरेर हामीले प्रदेशभरि सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरेका छौँ,’ उनले भने, ‘त्यस्तै पाँच हजारको हाराहारीमा नेपाली प्रहरी पनि खटाइएको छ। म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितलाई जोड्दा सुरक्षा अवस्था मजबुत बन्ने देखिन्छ।’

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रत्येक जिल्लास्थित सुरक्षा समितिहरू क्रियाशील रहेकाले छिट्फुट घटनाबाहेक अवस्था शान्त नै छ र निर्वाचन प्रचारका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरिरहेका छन्।

यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि हाल कर्णालीमा चार लाख ४९ हजार ३० महिला र चार लाख ५९ हजार ४०१ पुरुष गरी कूल मतदाता सङ्ख्या नौ लाख आठ हजार ४३३ रहेको जनाइएको छ।

कर्णालीमा ३७७ मतदान केन्द्र ‘अति संवेदनशील’

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

कर्णालीमा ३७७ मतदान केन्द्र ‘अति संवेदनशील’

भारतमा लगातार बढ्दै कोरोना, थप ५४ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *