भारतमा लगातार बढ्दै कोरोना, थप ५४ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै ५४ बिरामीको मृत्यु भएको छ । देशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी आउँदै सोमबार दुई हजार ५६८ नयाँ सङ्क्रमित भेटिए पनि मंगलबार पुनः कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल देशमा १८ हजार ३१७ संक्रमितको उपचार भइरहेको छ । सोमबार देशमा १३ हजार १३७ सक्रिय कोरोना संक्रमित रहेका छन् । योसँगै देशको सङ्क्रमण दर १.२२ प्रतिशत पुगेको छ ।

दिल्ली कोरोनाको हटस्पट बनेको छ, विगत केही दिनदेखि यहाँ एक हजारभन्दा बढी मामिला रिपोर्ट भइरहेको छ। मंगलबार दिल्लीमा १ हजार ४१४ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

जबकि यसअघि राजधानीमा १ हजार ७६ जनामा ​​संक्रमण देखिएको थियो । अघिल्लो दिन दिल्लीमा कोरोनाबाट एक बिरामीको मृत्यु भएको थियो । यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ९८६ पुगेको छ ।

भारतमा लगातार बढ्दै कोरोना, थप ५४ जनाको मृत्यु

कर्णालीमा ३७७ मतदान केन्द्र ‘अति संवेदनशील’

भारतमा लगातार बढ्दै कोरोना, थप ५४ जनाको मृत्यु

मलेसियामा काम गर्ने श्रमिकको बढ्यो तलब, कति

Leave a comment

Your email address will not be published. Required fields are marked *