ब्राउन सुगरसहित सुर्खेतबाट ३ जना पक्राउ

वीरेन्द्रनगर सुर्खेतबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि.सी, सोही नगरपालिका–२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाया (दुर्गे ) र २३ वर्षीय बखत विक रहेका छन् ।

उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित ४ हजार ४८० रुपैयाँ नगद समेत बरामद गरिएको छ । लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

ब्राउन सुगरसहित सुर्खेतबाट ३ जना पक्राउ

बार्सा रोकियो, अगुएरो अस्पतालमा

ब्राउन सुगरसहित सुर्खेतबाट ३ जना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2078-7-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *