२६ कात्तिकदेखि भ्वाइस अफ किड्स हुने

काठमाडौं : द भ्वाइस अफ किड्स कात्तिक २६ गते शनिबारदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ । बालबालिकाहरूको गायन रियालिटी सो कात्तिक २६ देखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएको हो ।

राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा रहने कार्यक्रममा ६ देखि १४ वर्षसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् । भ्वाइस अफ नेपालको तीनवटा सिजन भइसकेको छ भने भ्वाइस अफ नेपाल किड्सको यो पहिलो सिजन हो ।

जोन डि मोलको अवधारणामा नेदरल्याण्डबाट सुरु भएको द भ्वाइसु अहिले अमेरिका, अष्ट्रेलिया, भारत, नेपाल, इटाली, फ्रान्स लगायत झण्डै डेढ सय देशहरूमा फैलिएको छ। द भ्वाइसु फ्रेन्चाइजको द भ्वाइस अफ किड्सु भने बेलायतबाट सुरु भएको हो ।

निर्देशक लक्षमण पौडेलको निर्देशन रहने कार्यक्रम कात्तिक २६ देखि हरेक शुक्रबार र शनिबार हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

२६ कात्तिकदेखि भ्वाइस अफ किड्स हुने

बाढीपहिरोबाट मर्नेको संख्या १२१ पुग्यो, २८ जना

२६ कात्तिकदेखि भ्वाइस अफ किड्स हुने

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो :

Leave a comment

Your email address will not be published. Required fields are marked *