घुँयत्राे : भष्टाचार गर्न पटक्कै नडराउने माओवादीका मुख्यमन्त्रीले चार बर्षमा अथाह पैसा कमाए

अब त कर्नालीबासी हुँ भनेर भन्न नि धिक्कार लाग्न थाल्यो । हिजोसम्म सरकारले अनुदान दिएर चामल र नुन खाने हामी । हाम्रा मुख्यमन्त्री अहिले प्रदेश सरकारका नाममा चार बर्षमा भष्टाचारमा आँफुमात्रै बदनाम भएनन् की कर्नालीमा आउने हरेक कर्मचारी ह्याँ रहुन्जेल र ह्याँट सरुवा भएर जाँदा कर्नालीबाट भष्टाचारीको पहिचान लिएर गएको छ ।

भष्टाचार गर्न पटक्कै नडराउने माओवादीका मन्त्रीहरू र मुख्यमन्त्रीको हर्कतले सामान्य नागरिक पनि कर्नालीबासी भएकै कारण बदनाम भएका छन् । पुगनपुग चार बर्षको शासनकालमा मुख्यमन्त्रीले अथाह र अनगिन्ति पैसा कमाए ।

अरु त अरु विकास बजेटमासमेत ९५ प्रतिशत रकम झ्वाम पारेर योजना नै खाईदिने कर्मचारी र नेताको यो आचरणबारे जति कुरा उठाएनी सुनुवाइ हुने ठाउँ नै कतै छैन । विगतमा गरिएका गलत हर्कत हेरेर रोक्ने निकाय नभएकै कारण आबः ७८/७९ का लागि पनि आँफुले पाउने तलव भत्ताबाहेक अध्यादेशबाट पुगनपुग ७९ लाख रकम खर्च गर्न ब्यवस्था मिलाइ दिने मतियारहरुसमेत भष्टाचारका मतियार हुन् ।

अरु त अरु जारमा पानी खरिद गर्दा र बोतलमा पानी खरिद गर्दा खर्च गर्ने रकम छुट्याएर सुर्खेतमा अँझै धेरै बर्ष सरकार पानीको ब्यवस्था गर्न तयार छैन भन्ने जुन संकेत दिएको छ, त्यो झन् दुखदायी छ । पर्यटन क्षेत्र हेर्न जाने, हेलिकप्टर चढने जस्ता अनेकन शिर्षक राखेर आउँदो आर्थिक बर्षका लागि जुन बजेट मुख्यमन्त्रीले आँफुलाई छुट्याएका छन् ।

त्यो रकम र वजेट शिर्षक हेर्दा जो कोहीलाई पनि दिक्दार लागेर आउँछ । यो पाँच बर्षको अवधिमा माओवादीले प्रदेशको बजेट सबै सखाप गर्ने अनि आउँदो निर्वाचनपछि फेरि अर्काे आउने पार्टीका नेताले बजेट जति सखाप पारेर प्रदेश र जनतालाई भिखमग्गा बनाउने हो भने यो गणतन्त्र र प्रदेश सरकार किन चाइयो ?

के माओवादीले लुट्नकै लागि संघीयता माग्या हो र देशमा ? त्यसो हो भने अब जनता माओवादी र संघीयताविरुद्ध किन नजाग्ने ? ५२ सालदेखि प्रत्यक्ष र अप्रत्यक्ष लुट्दै आका माओवादीहरुलाई अँझ पनि नरोक्ने हो र यिनिहरुलाई अँझै पनि स्वतन्त्र रुपमा देश लुट्न दिने हो भने यो देश नामको बाहेक केही नरहेर एउटा कङ्कालमा परिणत हुनेछ ।

यो देशमा भष्टाचार रोक्न बसेकाहरु उनीहरुकै मतियार छन् । त्यसैले सरकारी निकायबाट माओवादीको भष्टाचारमा कतैबाट रोक लाग्दैन । यसका लागि जनतानै जाग्नुपर्छ । अब त जनता जाग्ने बेला पनि त भए होला ? कतिन्जेल रमिते बनेर बस्ने हो र ? के आँफुलाई युवा र देश बनाउँछम् भनेर गर्व गर्नेहरु अब माओवादीको भष्टाचारविरुद्ध जुर्मुराउलान् ?

-वेदर्षि

घुँयत्राे :  भष्टाचार गर्न पटक्कै नडराउने माओवादीका मुख्यमन्त्रीले चार बर्षमा अथाह पैसा कमाए

सुर्खेतमा आठ दिन थपियो निषेध आदेश

घुँयत्राे :  भष्टाचार गर्न पटक्कै नडराउने माओवादीका मुख्यमन्त्रीले चार बर्षमा अथाह पैसा कमाए

क्याम्पसको परीक्षा सकिएपछि प्रेम प्रस्ताव

Leave a comment

Your email address will not be published. Required fields are marked *