क्याम्पसको परीक्षा सकिएपछि प्रेम प्रस्ताव

मानिसको पहिलो पहिलो रंगशाला शैक्षिक संस्ता नै हुन् हो । जहाँ जीवनको खेल सुरु हुन्छ । विद्यालय र क्याम्पसमा अक्षरसँगै मान्छे पनि चिन्ने मौका मिल्छ । जीवनका धेरै वर्ष विद्यालय र क्याम्पस पढ्दै गर्दा वित्छन् । जहाँ आफूसँगैका दौंतरीहरु भेटिन्छन् । जीवनका योजनाहरु बन्छन् । एकले अर्कालाई आफ्नै ठान्छन् । अनि विस्तारै जीवनको रथ कुदाउने सपना पनि बुन्छन् । यस्तै भयो सुर्खेतका चरित्रकुमार विसी यामकुमारी ढकालको जीवनमा पनि । उनीहरु पनि पढ्ने क्रममा भेटिए । विस्तारै बोलचाल भयो । अनि साथी हुँदै प्रेमजोडी बने । र बिवाह पनि गरे । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश :

सँगै पढ्दा देखादेख

चरित्रकुमार विसी र यामकुमारी ढकालको आपसमा चिनजान थिएन । उनीहरु चरित्र दैलेखबाटसुर्खेत बसाइसराई गरी आएका हुन् भने यामकुमारीको परिवार वीरेन्द्रनगर वडा नम्बर १६ मेहेलीबाट । उनीहरुबिचमा अन्य कुनै पारिवारिक सम्बन्ध पनि थिएन ।

संयोगले उनीहरु सँगै पढ्ने अवसर जुर्यो । सँगै पढ्दा पनि उनीहरुबिचमा बोलचाल थिएन । तर दुबैले एकअर्काको नाम भने थाहा पाएका थिए । जहाँ उनीहरुको सम्बन्ध केवल देखादेखमा सिमित थियो ।

बोलचालसँगै प्रेम प्रस्ताव

उनीहरु दुबै जना प्लस टु पास गरेर व्याचलर पढ्न थाले । वीरेन्द्रनगर बहुमुखि क्याम्पसमा दुबै जनाले अध्ययन गर्न थाले । त्यसपछि भने उनीहरुबिचमा अलिअलि बोलचाल हुन थाल्यो । सुरुमा पढाइको मात्र कुराकानी हुन्थ्यो ।

साथीकै रुपमा रहेका उनीहरु विस्तारै घुलमिल हुनथाले । त्यसपछि उनीहरु आठ जना साथीहरुको ग्रुप बन्यो । उनीहरु खाजा खाने, घुम्न जाने, पढाइको समस्या समाधान गर्ने त्यही आठ जनाको ग्रुपले सँगै मिलेर गर्थे । संयोगले चरित्र र यामकुमारी पनि त्यही ग्रुपमै थिए । उनीहरु व्याचलरको फाइनल परीक्षासम्म साथीकै रुपमा व्यवहार गरिरहेका थिए ।

चरित्रले यामकुमारीलाई भित्रभित्रै मन पराउँदा रहेछन् । उनलाई लाग्थ्यो, फाइनल परीक्षापछि टाढा भइन्छ की ? परीक्षा सकिने समयमा चरित्रले यामकुमारीलाई प्रेमप्रस्ताव राखे । आफुले पहिलेदेखि नै मन पराएको कुरा बताए । यामकुमारीले पनि चरित्रलाई मन पराउँथिन् । उनले तत्कालै जवाफ नदिए पनि केहीदिनपछि चरित्रको प्रस्तावलाई स्वीकार गरिन् ।

चिनजान भएको आठ वर्षमा विहे

उनीहरुले एकअर्कालाई मन पराएको र बिवाह गर्न चाहेको कुरा आफ्नो परिवारलाई जानकारी गराए । दुबैतर्फका परिवारले उनीहरुको कुरालाई स्वीकार गरे । दुबैका परिवारले केटाकेटीले मन पराएको भए बिवाह गरिदिन राजी भए ।

र उनीहरुको सामान्य चिनजान भएको आठ बर्षपछि २०७१ सालमा उनीहरु बिवाह बन्धनमा बाँधिए । बिवाह गर्दै दुबैजना २४ बर्षका थिए । बिवाह गरेर पराई घरमा जाँदा यामकुमारीलाई केही असहज महसुस भएको थियो । तर विस्तारै चरित्रको माया र घरपरिवारको साथले उनी विस्तारै घुलमिल हुँदै गइन् ।

बिवाहपछिको संघर्ष

चरित्र सानैदेखि संघर्षशिल थिए । उनले १५ बर्षको उमेरदेखि सहकारीमा जागिर गरेर पढ्दै गरेका हुन् । एकातिर पढाइलाई पुरा गर्नुपर्ने, अर्कोतिर आफ्नो जागिर गर्नुपर्ने थियो । उता यामकुमारी पनि सरल र मेहनती स्वभावकी थिइन् । उनी पनि पढाइमा धेरै संघर्ष गर्थिन् ।

उनीहरु बिचको बिवाहपछि अझै संघर्ष गर्नुपर्यो । घरको जिम्मेवारी पुरा गर्नुपर्ने, पढाइ एकातिर र अर्कोतिर आफ्नो जागिर गर्नुपर्ने अवस्था थियो । उनीहरुको सन्तानको रुपमा एउटा छोरा जन्मिएपछि स्याहारसुसार लगायतका काममा लाग्नुपर्ने अवस्था थियो ।

लामो संघर्षपछि चरित्र आलोपालो सहकारी संस्थाको प्रवन्धक भएर काम गर्न थाले । उनीहरु अहिले पनि संघर्ष गरिरहेका छन् । संघर्षबाटै जीवनलाई सहज बनाउन सकिन्छ भन्ने बुझेका उनिहरुले जीवनलाई संघर्षमय बनाउन सुझाव दिन्छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा चन्द्रबहादुर विसी र आमा मनसरा विसीको कोखबाट विस २०४८ साल पौष ९ गते सुर्खेतको वीरेन्द्रनगर ११ मा चरित्रको जन्म भएको हो । चार भाइबहिनी रहेका उनी घरको कान्छो छोरा हुन् । उनको बाल्यकाल मध्यम खालको थियो थियो । सरल र मेहेनती स्वभावका उनी सहयोगी स्वभावका छन् । उनले सानैदेखि सुर्खेतको अमरज्योति माविमा पढेका हुन् भने उच्च शिक्षा बहुमुखी क्याम्पसबाट गरेका हुन् ।

यस्तै बुवा निर्मल प्रसादढकाल र आमा खगिसरा ढकालको कोखबाट विस २०४८ साल मंसिर २१ गते वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ मा यामकुमारीको जन्म भएको हो । उनको बाल्यकाल पनि मध्यम खालको नै थियो । घरको जेठी छोरी उनका चार भाइबहिनी थिए । उनी सरल र मिलनसार स्वभावकी छन् । सानोमा गाउँकै विद्यालयमा पढेकी उनले १२ कक्षासम्म शिव मावि धुलियाबिटमा पढेकी हुन् भने उच्च शिक्षा बहुमुखी क्याम्पस सुर्खेतबाट गरेकी हुन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछ । सानो सानो कुराहरु पनि सरसल्लाह गरेर काम गर्छन् ।

दुवै जना हरेक काम गर्दा एक अर्काको सहकार्य र सहयोगविना कुनै काम गर्दैनन् । यो जोडी कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुमाउन पनि जान्छन् । घरको खाना बनाउने कुरामा पनि चरित्रले यामकुमारीलाई साथ दिन्छन् ।

सहयोगी र जस्तोसुकै समस्याको पनि सामाना गर्ने चरित्रको बानी यामकुमारीलाई मन पर्छ भने चरित्रलाई मिलनसार र नरिसाउने बानी यामकुमारीको बानी मनपर्छ । आपसी विश्वास र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बन्न सफल भएका छन् । उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाहा गर्नुपर्ने सुझाव दिन्छन् ।

क्याम्पसको परीक्षा सकिएपछि प्रेम प्रस्ताव

घुँयत्राे : भष्टाचार गर्न पटक्कै नडराउने माओवादीका

क्याम्पसको परीक्षा सकिएपछि प्रेम प्रस्ताव

घरेलु हिंसा विरुद्ध सरोकारवाला एकजुट

Leave a comment

Your email address will not be published. Required fields are marked *