फिफा विश्वकप छनोट बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल

काठमाडौं  । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले पराजित गरेको छ ।

बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई दुई गोल गरे। यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे ।

बेल्जियमले घरेलु मैदानमा दुबै हाफमा चार चार गोल गरेको थियो । जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ। समूह ई को बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ७–० गोल अन्तरले पराजित गरेको छ। टर्कीले लाटभियासँग ३–३ गोलको बराबरी खेलेको छ। यसै गरी नर्वेले मोन्टेनेग्रोलाई १–० ले हराएको छ । पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । गएराति नै भएको खेलमा क्रोयसियले माल्टालाई ३–० हरायो ।फिफा विश्वकप छनोट स् बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल

फिफा विश्वकप छनोट बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल

प्रशासनले भाडादर घटाएकाे भन्दैँ तीन दिनदेखि डाेल्पामा

Leave a comment

Your email address will not be published. Required fields are marked *