प्रशासनले भाडादर घटाएकाे भन्दैँ तीन दिनदेखि डाेल्पामा यातायात सेवा ठप्प

डोल्पा । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प छ । जिप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा यातायात सेवा ठप्प भएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले ३५० रुपैयाँबाट घटाएर ३०० रुपैयाँ तोकेको विरोधमा यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए । उनले भने‚ ‘दुई स्थानीय तहले ३०० रुपैयाँ कर उठाउँदा मारमा परेर पनि हामीले ३५० रुपैयाँमै यात्रु बोक्यौं ।

घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको हो ।’ उनले पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द गर्ने बताए । जिप व्यवसायीहरुले क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने माग गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

‘तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका ढाट हटाइयो,’ उनले भने‚ ‘उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि ५० रुपैयाँ घटाइएको हो ।’ सुँपानी–दुनैको १४ किलोमिटर सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिन अघिमात्रै जिल्ला प्रशासन कार्यालयले भाडा घटाएको हो ।

ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर संकलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले हटाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो । तर‚ प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जिप व्यवसायीहरुले यातायात सेवा ठप्प पारेका हुन् ।  दुनै–सुपाँनी सडक खण्डमा दुई दर्जनभन्दा बढी जिप सञ्चालनमा छन् ।

प्रशासनले भाडादर घटाएकाे भन्दैँ तीन दिनदेखि डाेल्पामा यातायात सेवा ठप्प

पढ्ने र सुत्ने एउटै कोठा

प्रशासनले भाडादर घटाएकाे भन्दैँ तीन दिनदेखि डाेल्पामा यातायात सेवा ठप्प

फिफा विश्वकप छनोट बेलारुसको पोष्टमा बेल्जियमको ८

Leave a comment

Your email address will not be published. Required fields are marked *