मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण पत्र पठाएका छन्।प्रदेश प्रमुख कलौनीले नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा ध्यानाकर्षण गराइएको छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलको हस्ताक्षरमा जारी विज्ञप्तिमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण–पत्र प्रेषित गरिएको उल्लेख छ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ।कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ। नेकपा एमालेमा २० जना सांसद छन्।माओवादीका १३ सांसद छन्।नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

YUGAAWHAN NATIONAL DAILY (2077-12-18)

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा के छ

Leave a comment

Your email address will not be published. Required fields are marked *