मलिका र कुन्साङको ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक

नायिका मलिका महत र मोडल कुन्साङ बोम्जोनको जोडीलाई दर्शकले म्युजिक भिडियोमा रुचाइरहेका छन् । यो जोडी रियल लाइफमा पनि प्रेममा रहेको चर्चा चलेपनि दुबैले मिल्ने साथी मात्र भन्दै आएका छन् । मेकरहरुले पनि यो जोडीलाई लिएर म्यूजिक भिडियो बनाइरहेका छन् ।

यसैविच, गायक तथा संगीतकार राजनराज सिवाकोटीको स्वरमा समावेश ‘तिम्ले देको गलबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा मलिका र कुन्साङलाई फिचरिङ गरिएको हो ।

बिनोद बन्जरा र राजनराज सिवाकोटीको शब्द रहेको यो गीतमा राजनराजकै संगीत छ । राजेश पूमा राइको निर्देशनमा तयार भएको यो भिडियोमा सन्तोष राजभाकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

मलिका र कुन्साङको ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक

YUGAAWHAN NATIONAL DAILY (2078-7-13)

मलिका र कुन्साङको ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा

Leave a comment

Your email address will not be published. Required fields are marked *