एक व्यक्तिको यौनाङ्ग अलग्गिएको थियो, डाक्टरले जोडेर बनाए रेकर्ड

एजेन्सी । बेलायतमा मानसिक रुपमा बिरामी व्यक्तिको एउटा जटिल घटना सार्वजनिक भएको छ । यी व्यक्तिले आत्महत्या गर्नका लागि आफ्नो यौनाङ्गमाथि हमला गरेर अलग्याएका थिए । यद्यपि, यी व्यक्तिको गम्भीर चोटको ६ हप्तापछि नै डाक्टरले यी व्यक्तिको यौनाङ्गलाई पूर्ण रुपमा निको पारेका छन् ।

यी व्यक्तिको घटना ब्रिटिश मेडिकल जर्नल केस रिपोर्टमा छापिएको छ । ३४ वर्षका यी व्यक्तिले भान्साको चक्कूले आफ्नो यौनाङ्गमा हमला गरेका थिए । जब प्रहरी यी व्यक्तिको घर पुगे तब उनी बेहोस भइसकेका थिए । उनको यौनाङ्गलाई बरफमा राखियो र उनलाई एम्बुलेन्समार्फत् अस्पताल लगियो ।

यी व्यक्ति स्तिजोफ्रेनिया नामको गम्भीर मानसिक रोगसँग जुधिरहेका छन् । उनको शरीरका विभिन्न हिस्सामा घाउका चोट देख्न सकिन्थ्यो । युनिभर्सिटी हस्पिटल बर्मिङ्घम एनएचएस फाउन्डेशन ट्रस्टका अनुसार शल्यक्रिया सफल बनाउनका लागि यौनाङ्गमा चोट लागेको १५ घण्टाभित्र रिप्लान्ट गर्न आवश्यक हुन्छ ।

यद्यपि, जब यी व्यक्तिलाई अस्पताल पुर्याइयो र उनलाई अपरेशन थिएटरमा लगेर शल्यक्रिया गराउँदा यी बिरामीको यौनाङ्ग अलग्गिएको २३ घण्टा बितिसकेको थियो । यस्तोमा डाक्टरका लागि यो शल्यक्रिया निकै चुनौतीपूर्ण थियो । यी व्यक्तिलाई क्याथेटरमार्फत् पिसाब गराइएको थियो ।

डाक्टरले यी व्यक्तिको यौनाङ्ग पुनः जोडिखिए र रक्तसञ्चारका लागि बिरामीको पाखुराको नसा प्रयोग गरिएको थियो । शल्यक्रियापछि उनलाई जनरल वार्डमा लगियो र उनलाई एन्टीबायोटिक्स दिइयो । यी व्यक्तिले दुई हप्ता जनरल वार्डमा बिताए ।

त्यसपछि उनलाई एक साइकियेट्रिक वार्डमा सारिएको थियो । शल्यक्रिया गरेको केही हप्तापछि नै बिरामीको यौनाङ्गमा सेन्सेसन हुन थालेको थियो र यो सामान्य हुन थालेको थियो । यो शल्यक्रियासँग जोडिएका डाक्टरका अनुसार अंग विच्छेद भएको केही घण्टा पछि यौनाङ्गको सफल शल्यक्रियाको यो पहिलो डकुमेन्टेड केस हो ।

यो शल्यक्रियापश्चात् बिरामीको यौनाङ्गलाई दैनिक एन्टिसेप्टिकमार्फत् सफा गरिन्थ्यो ताकि संक्रमणको जोखिमलाई कम गर्न सकियोस् । यो घटनासँग जोडिएका मानिसहरुलाई अब आशा छ कि अन्य स्वास्थ्यकर्मीले पनि यौनाङ्ग अलग भएको केही घण्टापछि पनि पुनः जोड्नका लागि शल्यक्रिया गर्ने कोसिस गर्नेछन् ।

एक व्यक्तिको यौनाङ्ग अलग्गिएको थियो, डाक्टरले जोडेर बनाए रेकर्ड

‘का बेमान’ ल्याउँदै हास्य कलाकार रवि

एक व्यक्तिको यौनाङ्ग अलग्गिएको थियो, डाक्टरले जोडेर बनाए रेकर्ड

सूप बनाउनका लागि काटिएको थियो कोब्रा, २०

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!