माओवादी पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम हुँदैन : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र देशको पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम नहुने दाबी गरेका छन्।

काठमाडौंको जोरपाटीमा सर्लाही-काठमाडौं समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘माओवादी एक नम्बरको पार्टी नभएसम्म राजनीतिक स्थायित्व हुँदैन। देशको समृद्धि, विकास र स्थायित्व हुँदैन। पछिल्लो एक दशकले त्यो पुष्टि गरिसक्यो।’

केपी ओलीलाई प्रधानमन्त्री बनाएर सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी झण्डै जोखिममा पुगेको उनले बताए।

प्रचण्डले भने, ‘हामीले पार्टी एकता गरेर ओलीले प्रधानमन्त्री बनायौँ। तर, उनले झण्डै संघीयता खारेज गर्नेसम्मको कदम चाले। मद्येशी जनताको पहिचान र अधिकारलाई सरकारमा पुगेर विरोधीहरुले कुल्चिने प्रयास पनि गरे।’

संसदमा बोल्दा ओलीलाई आगोसँग नखेल्न भएको कुरा विस्तारै पुष्टि हुँदै जाने जिकिर प्रचण्डले गरे। ‘संसदमा केपीलाई ओलीलाई मैले भनेको थिएँ,आगोसँग खेल्दै छौ। हेर्नुहोला, अब केही दिनमै माओवादी एक नम्बरको पार्टी बन्दै जाने जनाधार तय हुन्छ’ प्रचण्डको भनाइ छ।

लाखौँ जनतालाई सडकमा ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको प्रयासलाई आफूहरुले विफल बनाएको उनले बताए। मद्येशी जनताको मुक्ति, हक, अधिकारको लागि लडिरहने पार्टी भनेको माओवादी नै भएको उनले दाबी गरे।

प्रचण्डले भने, ‘मद्येशका अरु पार्टी हुँदैन। अब माओवादीले कब्जा जमाउनेछ।’ सरकारलाई पूर्णता दिनको लागि भोलिको बैठकले ठोस निष्कर्ष दिने उनले बताए। तल्लो तहसम्म भ्रम चिर्दै पार्टीको गतिविधिलाई तिव्रता दिन उनले नेता कार्यकर्तालाई निर्देश गरे।

माओवादी पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम हुँदैन : प्रचण्ड

हनी सिंहकी पत्नी घरेलु हिंसाको मुद्दाको सुनुवाइमा

माओवादी पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम हुँदैन : प्रचण्ड

देविका बन्दनाले ल्याइन् नयाँ गीत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!