मिस एण्ड मिसेस इण्डिजिनियस नम्रता र आशा

काठमाडौं । सेस इण्डिजिनियस –२०२१’ उपाधि नम्रता तामाङ र आशा थापाले जितेका छन् । एसके इन्टरटेनमेन्टको आयोजना रहेको प्रतियोगितामा सीता तामाङ फष्ट रनरअप, लक्ष्मी गुरुङ सेकेन्ड रनरअप र निरु राई थर्ड रनर अप भए ।

कार्यक्रममा अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक च्वाइस शान्ता तामाङ, पपुलर रुपा थापामगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेड्ली लक्ष्मी गुरुङ, बेस्ट स्किन निरु राइ, बेष्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशिता तामाङले जित्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा नायिका सञ्चिता लुँइटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशव थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहेका थिए ।

आदिबासी जनजातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एवम् रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित आदिवासी जनजाति, गृहिणी/व्यवसायिक महिला दिदी–बहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो ।

मिस एण्ड मिसेस इण्डिजिनियस नम्रता र आशा

श्रीमानबाट छुट्टिने योजनामा छिन् शिल्पा शेट्टी ?

मिस एण्ड मिसेस इण्डिजिनियस नम्रता र आशा

के गर्दैछिन् साम्राज्ञी ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!