अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्।

इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ। आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ।

अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो। गत बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै आत्मघाती बम आक्रमण हुँदा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो। सो आक्रमणको जिम्मा आइएस–के ले लिएको थियो।

आइएस–के बाट थप आक्रमणको जोखिम रहेको अमेरिकाले बताउँदै आएको छ। जोखिम रहे पनि अन्तिम समयसम्म उद्धारको काम भने जारी राख्ने अमेरिकाले बताएको छ।

सोही अनुसार अहिले पनि उद्धारको काम चलिरहेको छ। अगस्ट ३१ सम्ममा सबै विदेशी सैनिक फिर्ता हुने यसअघि सहमति अनुसार नै काम भइरहेको जनाइएको छ।

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

अमेरिकाले अफगानिस्तानमा कारबाही जारी राख्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!