होटल व्यावसायीले मागे कोरोना विरुद्धको खोप

सुर्खेत । सुर्खेतका होटल व्यावसायीहरुले कोरोना विरुद्धको खोप माग गरेका छन् । बिहीबार सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई भेटेर मजदुरका लागि खोप उपलब्ध गराइदिनका हुन् ।
होटल व्यावासयी र मजदुरका लागि खोप माग गरेको होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावत बताए । ‘कोरोनाका कारण होटेल व्यवसायले अहिलेसम्म करोडौँ रकम गुमाएको छ’ रावतले भने, ‘अब मुलुकको अर्थतन्त्र उकास्न र होटल व्यावसायिलाई चलनामा गराउन सरकारसँग खोप माग गरेका छौँ ।’
सुर्खेतमा मात्रै झण्डै एकहजार दुई ५० बढी होटलहरु रहेका छन् । यी होटलहरुमा झण्डै पाँचहजार बढी मजदुरहरु कार्यरत कार्यरत छन् । कोरोना महामारीका कारण होटल व्यावसायीलाई घर भाडा र बैंकको किस्ता तिर्न समेत हम्महम्मे परेको छ ।






