घुँयत्राे : ओलीबाका चढ्दा दिन अहिले बिस्तारैओर्लिदा र अस्ताउँदा भा छन् !

आखिर ओलीबाको सत्तान्तका साख्खै बनेका मधेसीहरू नै केन्द्रमा ओलीबाको र लुम्बिनी प्रदेशाँ ओलीबाकै दायाँकुम शंकर पोखरेलको सत्तान्तको कारक बन्ने भए । ओलीबाका चढ्दा दिन अहिले बिस्तारै ओर्लिदा र अस्ताउँदा भा छन् ।
माओवादीले साथ छोडेसी हतारहतारमा टेका लगाउन पुगेका मधेसीहरु आफ्नो दल फुटेर दुई टुक्रा भएछि लुम्विनी प्रदेशका तीन जना सांसदलाई पार्टीसितै सभासदबाट बर्खास्त गर्देसी लुम्विनीको सरकार अल्पमताँ छ । अब सानोतिनो खेलले साउनका महिनाका शिवशंकर भगवानले आफ्नो सत्ता टिकाउन सक्लान् जस्तो छैन ।
बहेते हुएको तिनकेका सहारा भन्याझैँ यो अघि नै विपक्षी दलले मुख्यमन्त्री अल्पमताँ परिसक्या हुँदा आँफुले सरकार बनाउन पाउनु पर्छ भनेर प्रदेश प्रमुखकाँ लिखित दस्तावेजसहित बहुमताँ भा प्रमाण लिएर गएनी प्रदेश प्रमुखले जबरजस्ती शंकर पोखरेललाई नै नियुक्त र सपथ ग्रहण गराएछि ओलीबा जति नसकिने देखेर विपक्षीाहरु चुपचाप बस्न बाध्य भए ।
अहिले जब ओलीबाको सत्ता तिनाउ र राप्ती नदीको पानीयाँ मिस्सियो, तब शंकर पोखरेलको सत्ता नी त्यही पानीयाँ बग्ने निश्चित भो । किन तभन्दा देउवा सरकारले लुम्बिनीका प्रदेश प्रमुखलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुखसमेत नियुक्त गरेर पठाइ सकेछि अब एमालेहरुले जति चिच्याकल्लो गरे नी जागिर थमौती हुन नसक्ने छाँट देखियो ।
त्यसैले ओरालो लाग्या मृगलाई गाईको बाच्छाले नि लखेट्छ भन्थे । त्यै कुरो अहिले ओलीबा र उनका नेता कार्यकर्ताँ लागू होला जस्तो पो भो त । हुन त सत्ताँ हुँदा ओलीबाले अरुको गर्धन जससी मरोड्याथे । अहिले अरुले त्यस्तैगरी मरोडने भए ।
निर्वाचन आयोगले उपेन्द्र यादवको टिमलाई जसपाको आधिकारिकता दिने वित्तिकै उत्ताउलो भा को जसपाले लुम्बिनीका तीन सांसदलाई किकआउट गरेसी विचरा शंकर पोखरेलमा बज्रपात पर्न सुरुभो । लाग्छ काँग्रेस र माओवादीले अब पोखरेललाई गरी खान दिन्नन् ।
आफ्नै जिद्दिपन र एक दुईटा कार्यकर्ताको सल्लामा लाएर कर्नालीका यामलालले, सत्ताँ जान नपाउनु अनि ओलीबा सत्ताट बाहिरिनु र यिनिहरुलाई नै हान्या गोली शंकर पोखरेललाई नि लाग्नु यी सब ओलीबाकै किया कराया खेल हुन् । के गर्नु विचरा शंकर पोखरेल अर्काकै शिकार बनेर सत्ताट बाहिरिने भए ।
ओलीबा आँफू त गए गए प्रदेश सरकार नी सबैलाई लेर जाने भए । आफ्नो मात्रै हैन, एमाले पार्टीकोसमेत विजोग बनाका ओलीबाले अबको चुनाबाँ कसरी दुईतिहाइ ल्याउने रैछन कुन्नि ?
-वेदर्षि






