बन्न सकेन सुर्खेत मेडिकल कलेज

आर्थिक वर्ष २०७२/२०७३ सालदेखि नियमित बजेट भाषणमा प्राथमिकतामा पर्ने सुर्खेत मेडिकल कलेज हालसम्म पनि बन्न सकेकाे छैन । अहिलेसम्म मेडिकल कलेजका लागि आवश्यक जग्गा प्राप्ति समेत गर्न नसकेको हो ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने बजेट भाषण गरेका छन् । सुर्खेतमा मेडिकल कलेज बनाउनका २०७६ जेठमा सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको थियो । तर, वर्षदिन वितिसक्दा पनि मेडिकल कलेज स्थापनाको कुनै प्रक्रिया अघि बढेको छैन ।

सुर्खेतमा नै मेडिकल कलेज स्थापना गर्नका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा १० करोड रकम वजेट विजियोजन गरेको थियो । जुन बजेट विनियोजन कार्यन्वयनमा आउन सकेको छैन ।

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले शिक्षण अस्पताल र प्राज्ञिक भवन अलग–अलग स्थानमा सञ्चालन गर्न तयारी थालेको आयोजनाका प्रमुख जीतबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगर–११, १२ र १३ का ६ वटा सामुदायिक वन क्षेत्रको अध्ययन भइरहेको छ । उनले भने,‘शिक्षण प्रयोजनका लागि प्रदेश अस्पताल कालागाउँ र आवासीय, प्रशासनिक तथा अन्य प्राज्ञिक प्रयोजनका लागि गाग्रेताल वन क्षेत्रमा भवनहरु बनाइने योजना रहेको छ।’

तत्कालिन शिक्षा मन्त्री दिनानाथ शर्मा भएको बेला मेडिकल कलेज स्थापनाका लागि एक कार्यदल बनाएर दुई महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको र जग्गा तथा पूर्वाधार पहिचान गरी भोगाधिकार प्राप्तिका लागि सिफारिस गर्ने, पूर्वाधार तथा सम्भाव्यताको अध्ययन गरी शिक्षा मन्त्रालयलमा विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने र स्थानीय स्तरमा समन्वय गरेर पूर्वाधार विकासका लागि तयार गर्न भनेर निर्देशन दिएको मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ ।

तर, प्रत्येक आर्थिक वर्षमा मेडिकल कलेज स्थापना गर्ने बजेट भाषणमा आउने गरेको भएपनि प्रगति भने हुन नसकेको हो ।

बन्न सकेन सुर्खेत मेडिकल कलेज

साझा घर नेपाललाई राहत वितरण

बन्न सकेन सुर्खेत मेडिकल कलेज

प्रधानमन्त्रीको गृहजिल्लामा खनियो बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *