कर्णालीका माओवादी सांसदले आधा महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने

सुर्खेत । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।

प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको दलको बैठकले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउन सो निर्णय गरेको प्रमुख सचेतक सिता नेपालीले जानकारी दिइन् ।

प्रमुख सचेतक नेपालीका अनुसार बैठकले दलमा आवद्ध सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्र, प्रदेश सरकारका निकाय, स्थानीय तह र अन्य राजनैतिक दल लगायतसँग समन्वय गरी कोरोना प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवंम अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले वर्तमान समसामयिक राजनैतिक परिस्थिती र दलले खेल्नुपर्ने भूमिकाका बारेमा पनि जानकारी गराएका थिए ।

कर्णालीका माओवादी सांसदले आधा महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने

YUGAAWHAN NATIONAL DAILY (2078-01-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *