प्रचण्डको प्रश्न- हामीले हटाएको ओलीलाई अदालतले अध्यक्ष बनाइदियो, यो कस्तो नाटक हो ? 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतको फागुन २३ को फैसलालाई नाटकको संज्ञा दिँदै ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसद सचिवालयमा नेकपाका बहुमत सांसदको हस्ताक्षरसहित दलको नेताबाट हटाइएको सूचना दर्ता गरेर फर्किँदा फर्किँदै अदालतले दुईटा पार्टी बनाइदिएको बताए ।

उनले भने, ‘यो कस्तो नाटक भएको हाे ? हामीले दुई तिहाई बहुमतबाट अध्यक्षबाट हटाएको केपी ओलीलाई अदालतको फैसलाले फेरि अध्यक्ष बनाइदियो । यो कस्तो खालको फैसला आयो ?’

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै लाग्दा एमाले-माओवादी ब्युँताउने फैसला आएपछि आफूसहित माधव नेपाल र झलनाथ खनाल चिन्तित बनेको प्रचण्डले बताए । उनले फैसला मान्ने तर यसको पुनरावलोकन होस् भनेर अदालत गएको बताए ।

प्रचण्डले भने, ‘हामी नेकपाको माधव नेपाल झलनाथ खनाललगायत दुई तिहाई बहुमत हस्ताक्षर लिएर गएका थियौं । हामी सबैको पनि यो फैसला पुनरावलोकन हुनुपर्छ भन्ने छ । यो कुरा सबैले बुझ्न जरुरी छ,अदालतले पनि बुझ्न जरुरी छ ।’ आफूहरू तत्कालीन एमालेको बहुमत पक्ष पुनरावलोकनको पक्षमा रहेको कुरा अदालतले र प्रधान न्यायाधीशले पनि बुझ्नुपर्ने प्रचण्डको भनाइ छ ।

प्रचण्डको प्रश्न- हामीले हटाएको ओलीलाई अदालतले अध्यक्ष बनाइदियो, यो कस्तो नाटक हो ? 

नेप्से दोहोरो अंकले बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *