आन्दोलनरत थारु संगठनहरूसँग वार्ता सुरु

काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/ थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सुरु भएको छ ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् ।

थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ ।

टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

आन्दोलनरत थारु संगठनहरूसँग वार्ता सुरु

जुम्ली खसभाषाका वर्णहरूलाई अन्तिम रूप दिइँदै

आन्दोलनरत थारु संगठनहरूसँग वार्ता सुरु

थारु साहित्य सम्मेलन हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *