प्रतिष्ठानको भवन बनाउन खोज्दा ३४ लाख ऋण

डोल्पा । जिल्ला सदरमुकाम दुनैमा बन्न लागेको पुष्पलाल स्मिृति प्रतिष्ठान भवन लाखौँ ऋणमा डुबेको छ । तीन बर्ष अघि जगमात्र उठाइएको भवन पहिलो चरणमै ३४ लाख ऋणमा डुबेको हो । जग्गा धनीको २७ लाख र कामदारको ७ लाख गरेर ३४ लाख रकम उधारो तीर्न बाँकी छ ।

उधारो सम्झौतामा किनिएको जग्गामा भवन निर्माणकार्य शुरु गरिए पनि त्यसको पैसा अझै नपाएको जग्गाधनीको गुनासो छ । ‘भवन बनाउनकालागि ३३ लाखमा ५ सय ३९ बर्गमीटर जग्गा दिँए,गत साल भदौ मसान्तसम्म पैसा तिर्ने सम्झौता थियो,तीन बर्ष बित्यो तर पैसा पाइएन्’ जग्गाधनी जितेन्द्र शाहीले गुनासो गरे ।

‘मेरो जग्गामा भवन ठडिसक्यो,सबै गरेर छ लाखमात्र पाएको छु,बाँकी पैसा दिने सुरसार छैन्,विभिन्न निकायबाट लाखौँ पैसा भित्रियको सुन्छु,तपाइलाई दिने पैसा होइन भन्दै निर्माण समितिले टारिरहेको छ ।’
‘तोकिएको भाकामा त पैसा दिएनन,तर पैसा भएको बेला त दिनुपर्छ,अब मलाइ पैसा चाहियन,बनेको भवन भत्काएर मेरो जग्गा खाली गर्दिएभयो’ उनले थपे ।‘

करोडौँ मुल्य पर्ने सदरमुकामको जग्गा पुष्पलाल स्मिृति भवन बनाउने बहानामा त्यसै हडपिएको छ,सम्झौता अनुसारको पैसा दिलाइ दिन भन्दै प्रहरी प्रशासन,जिल्ला समन्वय समिति र एमालेकै केन्द्रिय कार्यालय काडमाण्डौ मा समेत पुगे तर कैसैले मेरो कुरा सुनेनन् उनले गुनासो गरे । ‘जग्गा बेच्दा आएको रकम बालबच्चा पढाइ लेखाइ गरौँला भनेर हो,जग्गा धेरै भएर होइन,केही गरि न्याय नपाइएन भने अदालको ढोका पुग्छु’ शाहीले भने । उक्त जग्गा उनकी श्रीमती नन्दा शाहीको नाममा रहेको छ ।

उक्त भवनको जग निर्माण गर्ने मजदुरहरुले लाखौँ रकम पाएका छैनन् । ठेक्कामा भवन निर्माणको जिम्मा लिएर पहिलो चरणमा जग हालेका रुकुम (पश्चिम)आठबिसकोट नगरपालिकाका कामदारहरुले करिब सात लाख रुपैयाँ तीन बर्षसम्म नपाएका हुन् । ‘अर्काको बिरानो ठाउँमा आएर मजदुरी गर्न लागेको करिब तीन बर्ष भयो,कमाउने आसमा पचासाँै जना मान्छे लाएर जग हाल्यौँ तर काम गरेको ६ लाख ८० हजार रकम अझै पाएका छैनौ’ रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका ५ का टिकाराम थापाले भने ।

‘निर्माण समितिले मजदुरी गरेको पैसा पनि ठगेको छ,अर्काको ठाउँमा हाम्रो खानेबस्ने ठेगान छैन्,समितिबाट ज्याला उठाइदिन आग्रह गर्छौ ।’ ‘पढाइ लेखाइ केही थिएन र त काम गर्न अर्कैको ठाउँ आइयो,हाम्रो श्रमको ज्याला कुनै हालतमा चाहिन्छ,कसैगरि नपाए श्रम ठगीमा मुद्धा हाल्छौ’ उनले चेतावनी दिए । भवन निर्माणमा आवाश्यक पर्ने सिमेन्ट,छड लगायतका निर्माण सामग्रीको खरिदमा खर्च भएको दाबी गरेपनि ब्यापारी हेमन्त बिष्टले पैसा अझै नपाएको बताउनुभयो । उक्त रकम कहाँ कसरी खर्च भयो खोजीको बिषय बनेको बताइएको छ ।

पुष्पलाल स्मिृति प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष दत्त बहादुर रोकायले रकम नभएर भवनको उधारो रकम तीर्न नसकिएको बताए । निर्माण शिर्षकमामात्र बजेट आउने र उक्त रकम निर्माणमै लगाउनु पर्ने भएकाले जग्गाको रकम अझै तीर्न नसकिएको रोकायले स्विकारे । ‘पहिलो चरणमा कर्णाली प्रदेश सरकारको उद्योग,पर्यटन,वन तथा वातारण मन्त्रालयबाट ४० लाख रकम आएको थियो,त्यो रकम सामान जुटाउँदै जग हाल्नै ठिक्क भयो’ रोकायले भने । ‘रकम जुटाउँन प्रयास गरिरहेका छौ,जिल्लाका स्थानीय तहलाइ पनि सहयोगकालागि आह्वान ग¥यौ तर सहयोग गरेनन्,यदी कसैगरि रकम जुटेन भने जग्गा फिर्ता गनुपर्ने हुन्छ ।’

जिल्लाका आठ वटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहमा नेकपा एमालेले जितेको छ । ‘पहिलो चरणको रकमबाट आठ लाख रकम जग्गा धनीलाइ दिइ सकिएको छ,दोस्रो चरणमा प्रदेशबाटै आएको बिस लाख रकम विवादका कारण फ्रिज भयो,त्यसपछि कतैबाट पनि पैसा आएको छैन’ रोकायले भने । जग्गाको पैसाका तिर्नकालागि खरिद शिर्षका बजेट पार्ने र जग्गाको बाँकी रकम तिर्ने भन्दै अर्थ मन्त्रालय लगायत विभिन्न निकायमा दुई तीन बर्ष धाउँदा पनि रकम पार्न नसकिएको उनको गुनासो छ ।

प्रतिष्ठानको भवन बनाउन खोज्दा ३४ लाख ऋण

घरनजिकै सडक, गाउँमै अस्पताल र बिजुली

Leave a comment

Your email address will not be published. Required fields are marked *