मंगलबार सुन चाँदीको मूल्य घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार तेजाबी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






