माफियालाई सडकमा घिसार्न हाम्राे संगठन ‍आगो भएर आउदैँ छ : अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले देशभरका माफियालाई सडकमा घिसारेर ल्याउने बताएका छन् । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रमा माफियाले राज गरेको भन्दै उनले अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा जनताले माफियालाई तह लगाउने बताए । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेता गजुरेलले देशभरका अन्य विद्यार्थी संगठनका नेता नै लुट्न लागेका आरोप लगाए ।

 

‘देशभर शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ भन्ने हाम्रो प्रमुख मुद्दा हो,’ उनले भने, ‘शिक्षालाई माफियाकरण गर्ने तर्फ विद्यार्थी नेताहरू नै लागेका छन् । उनीहरू नै लुट्न चाहन्छन् । एमाले र माओवादीका विभिन्न संघ संगठनमा आफ्नो लुटको स्वर्ग जोगाउन हानथाप छ ।’

तत्कालीन जनयुद्धले शिक्षा र स्वस्थ्यलाई पूर्णरूपमा राष्ट्रियकरण गर्नुपर्छ भन्ने कुरा जोडदार रूपमा उठाए पनि त्यही मुद्दा स्थापित हुन नसक्नु दुःखद कुरा भएको बताए । ‘जनयुद्धमा एकजुट भएर गएको माओवादी प्रचण्डको गद्दारीले पार्टीमा विचलन आयो,’ उनले थपे, ‘विद्यार्थी संगठन पनि धराशायी बने । त्यो जनयुद्धको मुद्दालाई अहिले पनि हामीले निरन्तर उठाइरहेका छौँ ।

अरू नाम मात्रका अखिल क्रान्तिकारी हुन् ।’ सडकमा शिक्षाका चर्का नारा लगाउने विद्यार्थी नेताको नै निजी शैक्षिक संस्थामा लगानी रहेको भन्दै उनले त्यसलाई चिरेरै छाड्ने बताए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का कर्णाली प्रदेश प्रमुख चक्रपाणि शर्माले नेकपाको नाममा एमाले र माओवादीले देशलाई प्रयोगशाला बनाइछाडेको बताए ।

‘आज कुनै पनि कुराहरू राज्यको नियन्त्रणमा छैन,’ उनले भने, ‘नेकपाको तीन वर्ष स्वार्थको लडाईँमा मात्रै बित्यो । समाजवादी व्यवस्था असफल भइसक्यो । अब पनि हामीले यो व्यवस्था परिवर्तन गर्न सक्दैनौँ भने देश समृद्ध बन्न सक्दैन ।’

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेशका अध्यक्ष दीपक शाहीले देशमा जनवादी गणतन्त्र नआएसम्म आफूहरू निरन्तर लागिरहने बताए । आफूहरू कुनै पनि स्वार्थ र सत्ताका लागि नलागेको भन्दै उनले समृद्ध नेपालका लागि अहिलेको व्यवस्था परिवर्तन गर्न निरन्तर लागिरहेको स्पष्ट पारे ।

माफियालाई सडकमा घिसार्न हाम्राे संगठन ‍आगो भएर आउदैँ छ : अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष गजुरेल

ओलीलाई भुसालको प्रतिप्रश्न: कसको बलमा र कसका

माफियालाई सडकमा घिसार्न हाम्राे संगठन ‍आगो भएर आउदैँ छ : अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष गजुरेल

एमाले कर्णाली प्रदेश कमिटी हेरफेरः सह–इन्चार्ज बोगटी

Leave a comment

Your email address will not be published. Required fields are marked *