सञ्चालनमा आयो काँक्रेविहार टे«डिङ कन्सर्न

सुर्खेत : लाटिकोइलीका युवा व्यवसायी कमल गुरुङ घर निर्माणका सामग्रीहरुको व्यवसायमा संलग्न भएका छन् । काँक्रेविहार टे«डिङ कन्सर्न प्रालि स्थापना गरेर उनी घर निर्माणका लागि आवश्यक पर्ने सामग्रीको व्यवसायमा संलग्न भएका हुन् ।


विहीवार सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कन्सर्नको उद्घाटन गर्दै सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै नयाँ र ठूला लगानीमा विविध सामग्रीहरुको व्यवसाय सुरु भएको बताए । उनले अन्य व्यवसाय झैं गुरुङलाई यस व्यवसायमा पनि सफलता प्राप्त गर्न सुझाव दिए ।
कन्सर्नका संचालक कमल गुरुङले सवैको साथ र सहयोगले यो व्यवसाय पनि राम्रो हुने अपेक्षा गरेका छन् । उनले भारतमा उत्पादन गरेका ग्रेनाइट, टायलहरु बाहिरको मूल्यमै सुर्खेतमै स्थापना हुने र अव बाहिर जान नपर्ने जानकारी दिए । उनका अनुसार उनको पसलमा टायल, मार्बल, बेसिनलगायत घर निर्माणमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु उपलव्ध रहेका छन् ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य टेकबहादुर भण्डारी, काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति थियो

सञ्चालनमा आयो काँक्रेविहार टे«डिङ कन्सर्न

भारतद्वारा ५ हजार किलोमिटर टाढा मार हन्ने

सञ्चालनमा आयो काँक्रेविहार टे«डिङ कन्सर्न

‘मिस युनिभर्स २०२१’ को ग्रान्ड फिनाले कात्तिक

Leave a comment

Your email address will not be published. Required fields are marked *