विपद् व्यवस्थापनमा मन्त्रीको सक्रियता, प्रतिकार्यमा एक जुट हुने सुरक्षा निकायको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपत व्यवस्थापन तथा न्यूनिकरमा सक्रियतामा सुरक्षा निकायले प्रतिवद्धता जनाएका छन् ।

हप्तादिनदेखि विपत व्यवस्थापनको बृहत कार्ययोजना तयार पार्ने सक्रिय रहेकी मन्त्री नेपालीले शुक्रबार प्रदेश सुरक्षा समन्वय समिति छलफल गरेकी छन् । कर्णाली प्रदेश विपतको उच्च जोखिममा रहेको भन्दै उद्दार तथा प्रतिकार्यमा सहयोग गर्न चार वटै सुरक्षा निकायसँग आग्रह गरेकी छिन् ।

‘कर्णाली विपद्को उच्च जोमिख छ, अब यस व्यवस्थापन र क्षति न्यूनिकरणमा लाग्नुपर्ने समय आइसक्यो’ सुरक्षा निकायका प्रमुखसँगको छलफलमा मन्त्री नेपालीले भनिन्, ‘सरकारको योजनालाई सफल पार्न सुरक्षा निकायको साथ र सहयोग चाहिन्छ । विपत व्यवस्थापन तथा प्रतिकार्यमा सरकारलाई सघाउन तयार रहेको भन्दै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले विपत व्यवस्थापनमा खटिनु पूर्व सुरक्षा निकायलाई तालिम आवश्यक रहेको बताएका थिए ।

बैठकले कोरोना लगायतका अन्य विपत सम्बन्धी प्रतिकार्य योजना सम्बन्धमा भए गरेका पूर्व तयारी तथा विपत प्रतिकार्य योजनाका सम्बन्धमा उच्च सतर्कता तथा समन्य कायम राख्ने निर्णय गरेको छ ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रमुख डीआइजी बशन्तकुमार पन्त, महेश्वरी बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दिगविजय सुवेदी, ४ नम्बर बहिनी खड्डाका सहायक रथी हरेन्द्र पाठक, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालयमा अनुसन्धान निर्देशक ओमप्रकाश जोशी, उत्तर पश्चिम पृतना हेडक्वाटरका प्रमुख सेनानी सुरेश आचार्य, नयाँ सुवज गणका सेनानी लक्ष्मी गौतम, ४ नम्ब बाहीनी अड्डाका सहसेनानी कृष्णबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

विपद् व्यवस्थापनमा मन्त्रीको सक्रियता, प्रतिकार्यमा एक जुट हुने सुरक्षा निकायको प्रतिबद्धता

आफ्ना दुख लुकाउँदै समाजसेवामा मुस्कुराउँदै

विपद् व्यवस्थापनमा मन्त्रीको सक्रियता, प्रतिकार्यमा एक जुट हुने सुरक्षा निकायको प्रतिबद्धता

YUGAAWHAN NATIONAL DAILY (2078-02-15)

Leave a comment

Your email address will not be published. Required fields are marked *