खानेपानीको साधारणसभा चाहियो भनि फेसबुक रंङ्गयाउँने काँगे्सीहरुलाई देउता बाहनले हानेछ क्या

खानेपानीको साधारणसभा चाहियो भनेर फेसबुक रंङ्गयाउँदै हिँडने काँगे्रसीहरुलाई देउता बाहनले हानेछ क्या । शनिवार भएको उपत्यका खानेपानीको साधारणसभा बहिष्कार गरेछन् त हँ ।

माओवादीहरुसित लगनगाँठो कसेर खानेपानी अफिसाँ उत्पात खडागर्दै आका काँगे्रसीहरुलाई आफ्ना स्किमका जनताले के कामका लागि पठाथे, मेरो जिम्मेवारी के हो भन्ने हेक्का नभा यस्ता काँगे्रसीहरुले माओवादीसित जोडिएर काँ पुगम्ला भनेर कुदिराछन् कुन्नि ?

अब स्किमका जनताले यीनीहरुलाई नाङ्गै बनाएर नलखेटेसम्म सदबुद्धि पलाउने देख्खिएन । ल ! माओवादीहरुको त प्रदेशाँ आफ्नै सरकार छ । त्यो भएर प्रदेशलाई खानेपानी जिम्मा लाउने कुरा गर्नु ठिकै पनि होला । तर काँगे्रसीहरुले नी माओवादीलाई नै जिम्मा लाउनुर्छ भनेर उचालिया देख्दा आश्चर्य लाग्छ बा ! सबैभन्दा पानीको समस्या बढ्ता देखिने भन्या ९ नं स्किम ।

तर त्यै ९ नं का स्किमका नेतारुनै जनता विरोधि भएर हिँड्या देख्दा लाग्छ तिनका पार्टीृका नेताहरुको दिमाग नी अब विस्तारै जनविरोधी नै भा हो । हैन भने राजनीतिका नाममा कार्यकर्तालाई जे पनि गर्न दिने छुट कुनचाइँ प्रजातन्ताँ हुन्छ । आफ्नो पारिवारिक स्वार्थलाई संस्थाँ ल्याएर गाँसेर संस्थाभित्र अस्थिरता पैदा गर्न त पाइँदैन त ।

सबभन्दा बढी पानीको समस्या ब्यहोर्ने इत्राम । तर त्यैँका पानी नेता पानीमा राजनीति गर्दै हिँडदै गर्ने जनता धाराँ पानी नआउने बाटाभरी पानीको पाइप फुटेर सडकाँ पानी बग्न ला दुई महिना भैसक्यो । तर नेता पाइप टाल्नु प¥यो भनेर कार्यालयाँ जान्नन् । तर माओवादीको बुइचढेर साधारण सभा चाइयो भनेर फेसबुके प्रचाराँ लाग्छन् ।

अनि साधारणसभा दिन फेरि तिनै माओवादीसित लाएर सभा बहिस्कार गरें भनेर दिनभरी सधारणसभामा बसेर भाषण सुनेर साँझपख कुर्चिको धुलो टक्टक्याउँदै घर फर्किन्छन् । यो देशका राजनीति गर्ने मान्छेहरुलाई अचेल के भा छ कुन्नि ? नेताहरु सुल्टो मतिमा हिँडेकै देखिन्न ।

साधारण सभाँ जाने सही नगर्ने, भाषण गर्ने, खाजापानी डम्स्याउने अनि म जत्तिको जनता सेवागर्ने नेता कोही छैन भनेर डिङ्ग हाक्दै हिँडने । यस्ता नेतालाई तह लाउने जनता के साँच्चै हाम्राँ नजन्मेरै होला त यीनीहरुले जातिवित्ति ग¥या । संस्था अहित हुने काम गर्नेछैन भनेर कसम खाने तर संस्था अर्का हात पार्न पाइन भनेर साधारणसभानै वहिस्कार गर्दै हिँडने यस्ता नेताहरुको पार्टीृलाई जनताले कैलेसम्म समर्थन गर्लान् बरै ! सुन्दै लाजा मर्नु भो ।

–वेदर्षि

खानेपानीको साधारणसभा चाहियो भनि फेसबुक रंङ्गयाउँने काँगे्सीहरुलाई देउता बाहनले हानेछ क्या

बालबालिकालाई सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *