बालबालिकालाई सहयोग

डोल्पा ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको रामवाण गुल्मले एक विद्यालयका फरक क्षमता भएका बालबालिकालाई सहयोग गरेको छ ।

गुल्मको १८ औं वार्षिक उत्सवको अवसरमा सदरमुकाम दुनैस्थित धुव्रतारा आधारभुत विद्यालयद्वारा सञ्चालित अपाङ्ग श्रोत कक्षाका मुकुटेश्वर अपाङ्ग सेवा समितिको आवासिय भवनमा बस्दै आएका २२ जना विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा लगायतका सामग्री सहयोग गरेको हो ।

उक्त आवासिय भवनमा जिल्लाका विकट ग्रामिण भेगका अनाथ, असहाय, टुहुरा तथा फरका क्षमतका बालबालिका बस्ने भएकाले उनीहरूकालागि दाल, चामल, नुन, तेल लगायत ७० किलोग्राम खाद्यान्न र २० थान सिरक डसना सहयोग गरिएको गुल्मपति अशोक कुमार क्षेत्रीले बताए ।

सहयोग सामग्री उक्त सेवाका जिल्ला कार्यसमितिका अध्यक्ष जसमान विक र सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको गुल्मपती क्षेत्रीले बताए । निकुञ्को सुरक्षाकालागि खटिने सेनाका गुल्मले निकुञ्ज सुरक्षासँगै जनताका हरेक सुखदुखमा समेत साथ दिँदै आएको छ ।

बालबालिकालाई सहयोग

लघु उद्यमी तयार पार्दै कपुरकोट

Leave a comment

Your email address will not be published. Required fields are marked *