राष्ट्रियसभा : प्रतिस्थापन विधेयकप्रति एमालेको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ल्याएको अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकप्रति असन्तुष्टि व्यक्त गरेको छ।

अर्थमन्त्री शर्माको विधेयकले विभिन्न व्यक्तिलाई आय कर छुट र स्रोत खोज्न नपर्ने गरी प्रतिस्थापन विधेयक ल्याएकोप्रति एमालेले प्रश्न उठाएका हुन्।

राष्ट्रियसभाको बैठकमा सुरुमै उठेर विरोध गरेपछि अध्यक्ष गणेश तिमल्सिनाले सांसद पर्शुराम मेघी गुरुङलाई बोल्न समय दिएका थिए।

गुरुङले भने, ‘अर्थमन्त्रीले ल्याएको अध्यादेशमा गैरकानुनी आर्जन छ। त्यसलाई हाम्रो संविधानले सम्पत्तिको रुपमा चिनेको छैन। यहाँ कालो चिजलाई सेतो बनाउन खोजिरहेको छ। हामीले त्यसकै विरोध गरिरहेका छौँ। त्यसलाई हामी विरोधमा छौँ। कालो धनलाई सेतो बनाउने सेतो बनाउने विधेयकमा आएको छ। त्यसलै अर्थ मन्त्रीज्युको ध्यानकर्षण गराउँछु।‘

बैठकमा बोल्दै उनले अर्थमन्त्रीलाई राम्रोसँग चिन्ने बताउँदै बडा क्रान्तिकारीका नेता भएको टिप्पणीसमेत गरे। उनले भने, ‘तपाई बडा क्रान्तिकारी हुनुहुन्छ। म उहाँलाई सोध्न चाहन्छु। यो कालो धनलाई दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तिकारी हो रु कुन श्रमजीवी जनताको हितको लागि यो सहुलियत दिइँदैछ रु कुन राष्ट्रिय उद्योग पतिको लागि यो सहुलियत दिइँदैछरु’

आजको राष्ट्रियसभामा एमालेको विरोधबीच ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ। अर्थमन्त्री शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका थिए। छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको थियो।

राष्ट्रियसभा : प्रतिस्थापन विधेयकप्रति एमालेको असन्तुष्टि

किस्सा : एयरहोस्टेससँग प्रेममा परेका थिए सञ्जय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!