टी(२० मा १० हजार रन पूरा गर्ने बिराट पहिलो भारतीय

भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। बैंगलोरका कप्तान कोहलीले आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन्।

आइतबार टस जितरे पहिलो ब्याटिङ गरेको आरसिबीका लागि ओपनर कोहलीले मुम्बई विरुद्ध १६ रन जोडेसँगै १० हजार रनको कीर्तिमान बनाएका हुन्। उनले ३१४ टी(२० खेलमा उक्त कीर्तिमान बनाएका हुन्।

कोहलीले मुम्बई विरुद्ध ३।३ ओभरमा छक्का प्रहार गर्दै टी(२० क्रिकेटमा १० हजार रन पूरा गरे। जसप्रति बुम्राहको बलमा छक्का प्रहार गर्दै कोहलीले भारतीय क्रिकेटमा थप एक कीर्तिमान बनाए। यो कीर्तिमान बनाउने उनी विश्वका भने पाँचौं खेलाडी हुन्। उनी अघि क्रिस गेल ९वेस्टइन्डिज०, किरन पोलार्ड ९वेस्टइन्डिज०, शोएब मलिक ९पाकिस्तान० र डेभिड वार्नर ९अस्ट्रेलिया० ले टी(२० क्रिकेटमा १० हजार रनको कोसेढुंङ्गा पुरा गरेका छन्।

टी(२० मा सर्वाधिक रनको कीर्तिमान वेस्टइन्डिजका स्टार क्रिस गेलका नाममा रहेको छ। गेलले १४ हजार बढी रन बनाएका छन्। गेलले ४४७ खेलमा १४२७५ रन बनाएका छन्। त्यस्तै पोलार्डले ५६४ खेलमा ११२०२ रन बनाउँदा शोएब मलिकले ४३६ खेलमा १०८०८ रन बनाएका छन्। त्यस्तै डेभिड वार्नरले ३०६ खेलमा १००१९ रन बनाए। कोहलीले ३१४ खेलमा १००३८ रन बनाएका छन्।

कार्टुन

टी(२० मा १० हजार रन पूरा गर्ने बिराट पहिलो भारतीय

३०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *