जर्मनी चुनाव । चान्सलर मर्केलको पार्टीलाई धक्का

काठमाडौं । जर्मनीमा सम्पन्न आम चुनावको मतगणनामा चान्सलर एंगेला मर्केलका उत्तराधिकारी आर्मिन लोशेट पराजित भएका छन्।

डेढ दशक जर्मन सत्ता सम्हालेकी चान्सलर एन्जेला मर्केलको मध्य–दक्षिणपन्थी युनियन ब्लकलाई पछि पार्दै मध्य–वामपन्थी दल सोसल डेमोक्रेट्सले मतको ठूलो हिस्सा जितेको हो।

सबै निर्वाचन क्षेत्रका मतगणना गर्दा सोसल डेमोक्रेट्सले २५ दमलव ७ प्रतिशत अर्थात २०६ सिट जितेका छन। युनियन ब्लकको पक्षमा २४ दशमलव १ प्रतिशत मत अर्थात् १ सय ९६ सिट जितेको निर्वाचन अधिकारीहरूले जानकारी दिए।

वातावरणवादी ग्रीन पार्टी तेस्रो स्थानमा आएको छ। फ्री डेमोक्रेट्सले ११ दशमलव ५ प्रतिशत मत हासिल गरेको छ। यस्तै, चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनीले १० दशमल ३ प्रतिशत र लेफ्ट पार्टीले ४ दशमल ९ प्रतिशत मत पाएका छन्

सन् १९४९ यता पहिलोपटक डेनिस अल्पसंख्यकको पार्टी एसएसडब्ल्युले संसद्मा एक सिट जित्न सफल भएको अधिकारीले जनाएका छन्।

जर्मनी चुनाव । चान्सलर मर्केलको पार्टीलाई धक्का

बुद्ध एयरको जहाज सकुशल ल्याण्ड

जर्मनी चुनाव । चान्सलर मर्केलको पार्टीलाई धक्का

 नेकपा माओवादी केन्द्रे सुर्खेतमा सङ्गठन विस्तार गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *