त्रिविले शिक्षक र विद्यार्थीलाई वर्षे र हिउँदे बिदा नदिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्ष शिक्षक,कर्मचारी र विद्यार्थीहरलाई वर्षे र हिउँदे बिदा नदिने भएको छ ।

कोरोना महामारीले पठनपाठन अवरुद्ध भएका कारण सिकाइलाई अगाडि बढाउन बिदा कटाैती गरिएको त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले एक सूचना जारी गरी जानकारी दिएका छन।

कोरोना कारण भौतिक रुपमा पढाई नभएपनि वैकल्पिक माध्यमबाट पढाइ सुचारु भैरहेको उनको भनाई छ। उनका अनुसार रोकिएका परीक्षाहरु पनि उपयुक्त समयमा लिने सम्बन्धमा आवश्यक गृहकार्य भैरहेको छ।

त्यस्तै, असहज परिस्थितिको अन्त्य नहुञ्जेलसम्म शिक्षकहरुले आफ्नो क्याम्पस,कार्यालयमा भौतिक उपस्थिति जनाइ रहनु नपर्ने तर सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरु आ-आफ्नाे निकाय प्रमुखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भइ कार्य सम्पन्न गर्नुपर्ने पनि उनले बताए ।

त्रिविले शिक्षक र विद्यार्थीलाई वर्षे र हिउँदे बिदा नदिने

सर्वोच्च अदालतले न्याय गर्ने विश्वास छ :

त्रिविले शिक्षक र विद्यार्थीलाई वर्षे र हिउँदे बिदा नदिने

एकै दिन ७,२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *