आठसय घरधुरीलाई राहत वितरण

सुर्खेत । सेभद चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले जाजरकोटले आठसयबढी घरधुरीलाई राहत वितरण गरेका छन् । छेडागाड नगरपालिकासँगको समन्वयमा विपन्न समुदायका आठसय २२ घरधुरीलाई राहत वितरण गरिएको हो ।

प्रतिघरधुरी दशहजार आठसयका दरले कुल ८८ लाख ९० हजार दुइसय ५० रुपैयाँ बराबरको राहत वितरण गरिएको पाँचतारा युवा संरक्षण मञ्चले जनाएको छ । प्रतिघरधुरीलाई एक क्विन्टल चामल, १५ केजी दाल, दशकेजी आयोडिन नुन, पाँच लिटर तेल पाँचकेजी चिनी, दशवटा सावुन लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

बैशाख २८ गतेदेखि जेठ ११ गतेसम्म नगरपालिकाका १३ वटै वडामा पुगेर राहत वितरण गरिएको हो । राहत वितरणबाट दुइहजार ६ सय ७३ बालबालिका कुल चार हजार नौसय २३ जना नागरिक प्रत्येक्ष लाभाम्वित भएको परियोजना संयोजक मतिला ढकालले जनाए ।

राहत वितरण कार्यक्रममा वडाका सबै अध्यक्षहरु र नगरप्रमुख लालबहादुर महत्तराको सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुख महत्तराले कोरोनाका कारण खाद्य असुरक्षामा परेका परिवारलार्ई महत्वपूर्ण सहयोग गरेको बताए ।

 

आठसय घरधुरीलाई राहत वितरण

निषेधाज्ञाले बारीमै सड्दै तरकारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!