राष्ट्रियसभाको उपचुनावमा १ करोड ६१ लाख खर्च हुने

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभाको उपचुनावका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ माग गरेको छ । आगामी जेठ ६ गते हुने चुनावका लागि आयोगले मंगलबार उक्त रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले भनेको छ, ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा १ करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा लेखी पठाउन आयोगबाट निर्णय भएको ।’

नेकपा एकता भंग भएर माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादल एमालेमा लागेपछि उनको पार्टीले पद खारेज गरेपछि उपचुनाव हुन लागेको हो । राष्ट्रियसभाको चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउँछन् ।

यस्तै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले न्याय सेवा आयोगको समन्वयनमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको छ।

राष्ट्रियसभाको उपचुनावमा १ करोड ६१ लाख खर्च हुने

अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई

राष्ट्रियसभाको उपचुनावमा १ करोड ६१ लाख खर्च हुने

प्रिमियर लिग : लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *