विदेश मन्त्रीको अडियो सार्वजनिक भएपछि ईरानमा तनाव

एजेन्सी । ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ । विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन् ।

सो अडियो टेपका कारण अब ईरानको राजनीति र कूटनीतिसम्म प्रभावित हुने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । जरीफले सो टेपमा ईरानको विदेश नीतिमै इस्लामिक रिभोल्यूशनरी गार्ड्सको दबदबा रहेको बताएका छन्। साथै, रूसको इशारामा ईरानले सीरिया युद्धमा भाग लिएको पनि दाबी गरेका छन् ।

जरीफलाई ईरानमा सुझबुझपूर्वक बोल्ने अनुभवी एवम् उदारवादी नेता मानिन्छ । सो अडियो टेप कसले लिक गरायो भन्नेबारे विस्तृत जानकारी आइसकेको छैन । तर, ईरानमा राष्ट्रपतीय निर्वाचन हुँदै गर्दा यस्तो हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अब त्यहाँको सत्ता संघर्ष नयाँ चरणमा प्रवेश हुने आंकलन गरिएको छ।

सत्तामा विशेष पकड बनाएका कट्टरपन्थी र सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहित देशका शीर्ष नेताका लागि अबका दिन चुनौतीपूर्ण हुने बीबीसीमा उल्लेख छ।

विदेश मन्त्रीको अडियो सार्वजनिक भएपछि ईरानमा तनाव

नाइजेरियामा चौकी आक्रमण गरी पाँच प्रहरीको हत्या

विदेश मन्त्रीको अडियो सार्वजनिक भएपछि ईरानमा तनाव

पञ्जाबमाथि काेलकाताको सहज जित

Leave a comment

Your email address will not be published. Required fields are marked *