गण्डकी प्रदेश सभा बैठकमा सत्तापक्षकै अवरोध

पीसीआर परीक्षण माग गर्दै सत्तापक्ष नेकपा (एमाले)ले गण्डकीको चालु विशेष अधिवेशन अवरुद्ध गरेको छ। मंगलबार संसद शुरू हुनासाथ एमाले पक्षका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

आफूहरूले संसद अवरुद्ध गर्नुको कारणबारे बिफ्रिङ गर्दै एमाले सांसद राजीव पहारीले सांसदहरूको पीसीआर गर्नुपर्ने माग राखेका छन् । ‘आधाभन्दा बढी माननीयले कोभिडको डबल डोज लगाएको अवस्था छैन।

कास्की जिल्लाले जारी गरेको सूचनामा पनि भीड नगर्नु भनेको छ,’ उनले भने, ‘हेल्थ प्रोटोकल जारी नगरी संसद शुरू गर्दा कोरोना नफैलियोस्। कोरोना सरेर कोही माननीयको मृत्यु भयो भने के गर्ने ?’

आफूहरू जनताको पथप्रदर्शक भएको उनले बताए। उनले पीसीआर चेक गरेर मात्र संसद चलाउनुपर्ने माग राखे। आधाभन्दा बढी सांसद सुगर र प्रेसरको रोगी भएकाले थप खतरा रहेको उनले बताए ।

सभामुखद नेत्रनाथ अधिकारीले पटक-पटक आग्रह गर्दागर्दै पनि उनीहरू बस्न मानेनन्। सभामुख अधिकारीले २० मिनेटका लागि संसद अन्त्य भएको घोषणा गरे ।

गण्डकी प्रदेश सभा बैठकमा सत्तापक्षकै अवरोध

कोरोना संक्रमणको दर बढेपछि सुर्खेतमा आज रातीदेखी

गण्डकी प्रदेश सभा बैठकमा सत्तापक्षकै अवरोध

एकै परिवारका नौं जनामा कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *