कोरोना त एक बर्षपछि फेरी रिङ्गदै घुम्दै आइगो भन्छन् त ।

कोरोना त एक बर्षपछि फेरी रिङ्गदै घुम्दै आइगो भन्छन् त । भारताँ त दैनिक ४० हजारभन्दा बढ्ता मान्छेलाई कोरोनाले सुताउन थालेसी हामी नेपाली नी डरले कायलछम् त हँ ।
त्यसो त हाम्लाई चाइने नूनदेखि सुनसम्म भारताटै ल्याउनुपर्ने र भारतीय वोडरका बजाराँ नगइ हाम्रो खानै हजम नहुने भएछि भारताँ कोरोना आउने वित्तिकै नेपालाँनी आउँछ भन्ने अनुमान गर्नु नि गलत हैन ।
सरकारका कोरोना प्रवक्ता जागेश्वरको चिठी आउने वित्तिकै बाँकेका सिडिओ साहेवले त नेपालगन्जको वोर्डरसमेत सिल गराए भन्ने सम्चार आएछि त्यो वोडराँ गएर किनमेल गर्ने जनता जर्नादनहरु त त्यसैनी विच्छीप्त हुने अवस्था आइगो नि ।
गत बर्ष ओलीबाले हत्त न पत्त लकडाउन गर्दिनु भो । र विना कोरोनै जनता छोराछोरी घरभित्र बस्दा बस्दा हैरानभा थे । के भन्न सकिन्छ र ! ऐलेनी त्यस्तै हुन सक्छ । त्यसै त ओलीबा पार्टीको झगडाले ह्याङ्ग हुनुहुन्छ ।
यही हो मौका कोरोना नामाँ नेता तह लाउनु परो भनेर लकडाउन हान्दे त हान्दिहाले नी । अनि त हामी जस्तो गरिखाने वर्ग त सिधै सडकाँ । पोर सालदेखि नै पेटका आन्द्रा बसि सक्या नेपाली यो पटक नी काम गर्नेले काम गर्नै नपाउने,
उद्योगधन्दा चल्नै नपाउने बैंकले ब्याज हान्याहान्यै । करले ताकेता ग¥याग¥यै, बैंले कैले लिलाम गरम्ला भनेर बिरालोलेझैँ तर कु¥याकु¥य गर्ने अबस्था आयो भने त त्यसै त दुखि गरिब नेपाली अँभैँ भएन भनेर बैंकले श्रीसम्पती नै उडाउने अवस्था आयो भने त जिन्दगी कमिनिष्टकै नामाँ राजीनामा गर्दिनु बाहेक के नै विकल्प रह्यो त ।
हेरम ओलीबाको के मर्जि चल्ने हो । देश लकडाउनमै जाने हो कि स्वास्थ्यको मापदण्डलाई अनिवार्य पालन गराउँदै कोरोना खोप लाउने काम जारी राख्ने हो त्यो त समयले नै बताउला हैन्त ओलीबा ।
–वेदर्षि







