‘कू’ को विरोधमा सेनाको गोली, ७ जनाको मृत्यु

काठमाडौं : सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सात जनाको मृत्यु भएको छ। सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १ सय ४० जना घाइते भएको बीबीसीले जनाएको छ।

सत्ता कब्जाको विरोधमा प्रदर्शनको भीडमा सैनिकले गोली प्रहार गरेका हुन्। सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो। राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले आपतकाल घोषणा गरेको छ।

राजधानीमा सैनिकहरु सर्वसाधारणका घरघरमा गएर विरोध प्रदर्शन आयोजना गर्नेहरुलाई पक्राउ गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सेनाले गरेको सत्ता कब्जाको विश्वभरबाट विरोध भइरहेको छ। अमेरिकाले सात सय मिलियन डलर बराबरको सहयोग रोक्ने बताएको छ।

राजनीतिक अस्थिरताका कारण आफूहरुले सत्ता कब्जा गर्नु परेको कू का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन्।

‘कू’ को विरोधमा सेनाको गोली, ७ जनाको मृत्यु

प्रदीप ज्ञवाली : विभाजनले एमालेलाई एकरत्ती पनि

‘कू’ को विरोधमा सेनाको गोली, ७ जनाको मृत्यु

खेलकुद मन्त्री गहतराजलाई खेलाडी संघको ज्ञापनपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *