खेलकुद मन्त्री गहतराजलाई खेलाडी संघको ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मंगलबार संघले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदागत मागहरु समेटिएको छ ।
ज्ञापनपत्रमा नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने, खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा ९शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता० व्यवस्था गर्नुपर्ने लगायतका माग रहेको छ ।
संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाएपनि रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ ।






