संरक्षित क्षेत्र मास्नेगरी घेरबार गरिएको भन्दै स्थानीय आन्दोलित

सुर्खत,। नेपालको पहिलो संरक्षित वन क्षेत्र रहेको काँक्रेविहारको संरक्षणमा प्रश्न उब्जिएको छ । उक्त वन क्षेत्रको जग्गा बाहिरै छोडेर कम्पाउण्डिङ (घेरबार) हुन थालेपछि स्थानीयले यसको संरक्षणमा आशंका गरेका हुन् । जग्गा कारोबारीलाई फाइदा पुग्नेगरी घेरबारको काम भइरहेको र यसले बन क्षेत्र मासिने भन्दै स्थानीयहरु आन्दोलन नै थालेका छन् ।
स्थानीयबासिन्दाले जनप्रतिनिधि र डिभिजन वन कार्यालयले नै वन क्षेत्र मास्न खोजेको आरोप लगाएका छन् ।


हाल दुईदेखि सात मिटरसम्म साँध सिमाना छोडेर घेरबार थालिएको छ । यही योजना अनुसार घेरबार भए काँक्रेविहार जंगलको ६ हेक्टर क्षेत्रफल मासिने स्थानीयको अनुमान छ । यहीकारण स्थानीयले सरोकारवाला निकायले नै काँक्रेविहार वन क्षेत्र मास्न खोजेको आरोप लगाउन थालेका छन् । वन क्षेत्र छोडेर नभइ साँधसिमानाबाटै घेरबार गर्न सम्बन्धित निकायसँग उनीहरुले माग गरेका छन् ।
वन क्षेत्रको संरक्षणका लागि साँधसीमाबाट नै घेरबार हुनुपर्ने माग गर्दै स्थानीय युवाहरुले सोमबार डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका र वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
कर्णाली प्रदेश सरकारको लगानीमा काँक्रेविहार क्षेत्रमा डिभिजन वन कार्यालयले घेरबार गर्न थालेएको छ । वन्यजन्तु र जंगल संरक्षणका लागि बलियो संरचना बनाउने उद्देश्यले घेरबार थालिएको हो । काँक्रेविहारको संरक्षण गर्न सिमेन्टेड पर्खालसहित घेरबार थालिएको छ । महादेव खिम्ति हिराचन (केएसके ज्वइन्ट भेन्चर कम्पनीले ११ करोड ८५ लाख ४२ हजार पाँच सय ६२ रुपैयाँमा घेरबारको ठेक्का लिएका छन् । सम्झौता अनुसार दुई वर्षभित्र घेरबार गरिसक्नुपर्ने छ ।
घेरबारपछि काँक्रेविहारमा मिनी चिडियाखाना स्थापना गर्ने योजना छ । पर्यटकलाई थप आकर्षित गर्न विगत दुई वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहारमा चिडियाखाना बनाउने योजना अगाडि सारेको थियो । चिडियाखाना स्थापना भएपछि रैथाने वनजन्तुको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ ।
२०५९ साल बैशाख ३० गते सरकारले काँक्रेविहारलाई संरक्षित वन क्षेत्र घोषणा भएको थियो । एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो । पुरातात्विक, धार्मिक, ऐतिहासिक र पर्यटनका हिसावले काँक्रेविहारमा शिखर शैलीमा मन्दिरको पुननिर्माण पनि गरिएको छ । तर जंगलको क्षेत्र मास्ने षड्यन्त्र भइरहेको स्थानीयको आरोप छ ।

‘संरक्षणकै लागि घेरबार थालेको हौं’

डिभिजन वन कार्यालयल सुर्खेतले भने काँक्रेविहार वन क्षेत्र मास्न नभई संरक्षणका लागि घेरबार थालिएको बताए । स्थानीयको ध्यानआकर्षण पत्र बुझ्दै डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहालले घेरबार विवादको विषय अदालतमा पुगिसकेको भन्दै अब अदालतको निर्णयअनुसार घेरबार हुने बताए ।
घेरबारको विषयमा केही समयअघि उच्च अदालत सुर्खेतमा रिट परेको छ । अदालतले ‘काँक्रेविहार संरक्षित वन क्षेत्रको बाहिरी साँधसिमा न ा प न क् स ाभई साँधसिमा क्षेत्रमा पिलरसमेत गाडिसकेको हुँदा सोही साँधसिमाबाट कम्पाउण्ड वाल (पर्खाल) लगाई निर्माण कार्य गर्नु गराउनु’ भन्ने आदेश माग गरिएको छ । अदालतको आदेशपछि निर्माण कार्य रोकिएको छ । वन क्षेत्रको साँधसिमाना छोडेर घेरबार गर्नुको कारण माग गरेको छ । तर रिटको अन्तिम टुङ्गो लागेको छैन । यहीकारण अब अदालतको निर्णय अनुसार नै घेरबार हुने दाहालले बताए ।

‘६ हेक्टर जंगल मास्न खोजियो’

अहिलेको योजना अनुसार नै घेरबार भए काँक्रेविहार जंगलको करिव ६ हेक्टर क्षेत्रफल मासिने स्थानीयको आरोप छ । ‘वन डिभिजन कार्यालय र जनप्रतिनिधि मिलेर काँक्रेविहार क्षेत्र मास्न खोजे’ डिभिजन वन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका स्थानीय रणबहादुर रानाले भने, ‘जग्गा कारोबारीसँग मिलेर ६ हेक्टर क्षेत्रफल मास्न खोजिदैछ ।’
त्यस्तै अर्का स्थानीय कविन्द्र रावतले वन क्षेत्र मास्ने उद्देश्यले घेरबार भइरहेको दाबी गरे । ‘दुईदेखि सात मिटरसम्म जग्गा बाहिरै छोडेर घेरबार हुन थालेको छ’ उनले भने, ‘जग्गा कारोबारीको मिलेमतोमा जंगल क्षेत्र छोडेर घेरबार गर्न खोजिदै छ ।’ डीपीआरमासमेत सीमाभित्रको जग्गा छोडेर पर्खाल लगाउने उल्लेख नभएको भन्दै घेरबारमा मिलेमतो रहेको उनले आरोप लगाए ।
‘जग्गा व्यवसायी र डिभिजन वन कार्यालयको मिलेमत्तोमा नियम विपरित घेरबार हुन थालेको छ’ उनले भने, ‘साँधसिमानाबाट घेरबार नभए थप आन्दोलन चर्काउँछौँ ।’ बुलबुले तालको जस्तै गरेर काँक्रेविहार जंगल घेरबार हुनुपर्ने उनले बताए ।

संरक्षित क्षेत्र मास्नेगरी घेरबार गरिएको भन्दै स्थानीय आन्दोलित

सही विवरण देऊ

संरक्षित क्षेत्र मास्नेगरी घेरबार गरिएको भन्दै स्थानीय आन्दोलित

पीडित किसानलाई राहत देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *