सही विवरण देऊ

राष्ट्रिय जनगणना देशको एकीन जनसंख्या पत्ता लगाउने एकमात्रै विधि हो । यही उद्देश्यका साथ देशभर यही कार्तिक २५ गतेदेखि जनगणना हुँदैछ । मुलुकको शासकीय स्वरुप फेरिएको अर्थात संघियताको पहिलो जनगणना हुँदैछ । तर अहिले गर्न थालिएको जनगणना अली पृथक छ ।
आउँदो जनगणनाको माध्यमबाट विकासको मार्गचित्र तयार गर्ने सरकारको योजना छ । यही कारण जनगणनामा विविध प्रश्नावली समेटिएका छन् । बंैक तथा वित्तिय संस्था, खानेपानी, विद्युत, टेलिफोनमा नागरिको सहज पहुँच छ कि छैन ? पूर्वाधार विकासले कति कोल्टे फेरेको छ ? नागरिकको जीवनस्तर बदलिएको छ कि छैन ? जस्ता कुराहरु पत्ता लगाउन पूर्वाधार विकासदेखि नागरिकको जीवनस्तर सम्मका प्रश्नहरु जनगणनामा समावेश छन् । यहीकारण पहिलेको तुलनामा अहिलेको जनगणना फरक छ ।

झण्डै ८० वटा प्रश्नावाली छन् । प्रश्नहरु धेरै भएका कारण गणकहरुले जनगणना गर्दा नागरिकको समय पनि धेरै खोजेका छन् । तर समय धेरै लाग्यो भन्दै गलत सूचना दिनु हुँदैन । किनकी जनगणनालाई नै आधार मानेर सरकारले नीति नियम र योजनाहरु तयार पार्छ । हामीले गलत विवरण दिएको खण्डमा त्यसले विकास निर्माणमा ठूलो घाटा पु¥याउँछ । गतल सूचना दिएको खण्डमा नीति नियमहरु गलत बन्न पुग्छन् ।
राज्यका नीति नियम र योजनाहरु गलत बाटोमा पुग्छन् । गणनाको आधारमा दश बर्षसम्मका योजनाहरु, नीति नियमहरु र विकासको मोडलहरु तयार हुन्छन् । जनगणनाबाट तयार हुने एकीन तथ्याङ्क अनुसार लगानीको स्रोतहरु खोजिन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकताको पहिचान गरेर राज्यले पूर्वाधारमा लगानी गर्दछ । यहीकारण जनगणनामा सही तथ्याङ्क संकलन आवश्यक छ । तर गतल सूचनाबाट निर्माण हुने योजनाहरुले नागरिकका आवश्यकताहरु परिपूर्ति गर्दैनन् ।
तसर्थ अब हुने जनगणनामा गणकलाई सही सूचना दिऔं । मुलुको सामाजिक, आर्थिक, शैक्षिक लगायतको विविधि क्षेत्रको मापन गर्ने दिऔं । विकास निर्माणमा सहयोग गरौँं । चौक र चौतारिमा बसेर अनुमानका भरमा जनगणना हुन नदिऔं । कोही कसैले अनुमानका भरमा गलत तरिकाले गणना ग¥यो कि ? खबरदारी गरौँ । गतल सूचनाले देशको मार्गचित्रलाई गलत बनाउन नदिऔं । मुलुकको सही मार्गचित्र तयार पारौँ ।
सरकारले जनगणनामा लगाउन थालेको चार अर्ब रकमलाई सही कार्यमा प्रयोग हुने वातावरण बनाऔँ । यसका लागि कसैले पनि झर्काे नमानी सहि सूचना र विवरण दिऔं । यसका लागि हरेक व्यक्तिले आफ्नो गणना गराउनेतर्फ गम्भिर बनौं ।






