पहिलोपटक कर्णाली प्रदेशसभामा दर्ता भयो स्गै। रसरकारी विधेयक

सुर्खेत । कर्णाली प्रदेशसभामा ‘पहिलो गैरसरकारी विधेयक’ को रूपमा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ । जुम्ला जिल्लाबाट निर्वाचित प्रदेश सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक दर्ता गराएका हुन् ।
यो गैरसरकारी विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासका क्रममा पहिलोपटक दर्ता भएको हो । विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको काम गर्ने सांसद भण्डारीले बताए ।

‘सिंजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक, तथा पर्यटकीय पूर्वाधारहरुको विकास गर्न यो विधेयकको आवश्यकता महसुस भएको थियो,’ उनले भने, ‘सिंजा सभ्यता क्षेत्रभित्रको भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थानहरु र सो क्षेत्रभित्र रहेका विभिन्न सम्पदाको संरक्षण र व्यवस्थापन गर्नका लागि आवश्यक कानून निर्माण गर्नु राज्यको दायित्व हो । राज्यले नगरेकका कारण मैले यो दर्ता गरेको हुँ ।’

पूर्वमन्त्री भण्डारीले भने, ‘खसान साहित्य र मौलिकतालाई जीवित राख्न पनि यो विधेयक प्रदेश सभामा दर्ता गराएको हुँ ।’

पहिलोपटक कर्णाली प्रदेशसभामा दर्ता भयो स्गै। रसरकारी विधेयक

ओलीको प्रतिवेदनमा भुसालको तीन बुँदे फरक मत

पहिलोपटक कर्णाली प्रदेशसभामा दर्ता भयो स्गै। रसरकारी विधेयक

इपिएल ।  विराटनगरलाई २ विकेटले हराउँदै चितवनको

Leave a comment

Your email address will not be published. Required fields are marked *