इपिएल ।  विराटनगरलाई २ विकेटले हराउँदै चितवनको विजयी सुरूवात

काठमाडौं । चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९इपिएल० मा चितवन राइनोजले विजयी सुरूवात गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो।

खराब सुरूवात गरेको विराटनगरलाई सिकन्दर रजाले मध्यम स्कोरमा पुर्‍याएका थिए। उनले ४७ बलमा ६७ रन बनाउँदै टिमलाई उकासे पनि जितका लागि पर्याप्त रन विराटनगरले बनाउन सकेन।

उसका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए। रजालाई अनिल साहले ३२ रन बनाएर सहयोग गर्दा सौरभ खनालले ३० रन बनाएर नटआउट रहे।

चितवनका लागि सोमपाल कामी, कमल सिंह ऐरी, करिम जनातले समान २र२ विकेट लिँदा सहाब आलमको नाममा १ विकेट रह्यो। चितवनले भने अन्तिम बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

उसका लागि भीम सार्कीले ३० रनको योगदान दिँदा इशान पाण्डे १० रनमा आउट भए। त्यस्तै करिम जनातले १९ रन बनाए। सोमपाल कामी ९ रनमा आउट भए।

चितवनको जितमा राजेश पुलामी नायक साबित भए। उनले अविजित ४३ रनको योगदान दिँदै जित सुनिश्चित गरेका थिए। अन्तिम बलमा १ रन चाहिँदा उनले चौका प्रहार गर्दै चितवनलाई पहिलो जित दिलाए।

विराटनगरका सिकन्दर रजा र करण केसीले समान २र२ विकेट लिएका थिए।

इपिएल ।  विराटनगरलाई २ विकेटले हराउँदै चितवनको विजयी सुरूवात

पहिलोपटक कर्णाली प्रदेशसभामा दर्ता भयो स्गै। रसरकारी

इपिएल ।  विराटनगरलाई २ विकेटले हराउँदै चितवनको विजयी सुरूवात

विवाह गर्ने विवादमा अस्मिताको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *