फ्लोयडलाई ९ मिनेटसम्म घाँटी थिचेर हत्या गर्ने प्रहरी अधिकारीलाई २२ वर्ष जेल सजाय

एजेन्सी । अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको हत्थामा संलग्‍न पूर्व-प्रहरी अफिसर डेरेक शाविनलाई अमेरिकाको एक अदालतले २२ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।

फ्लोयडको गत वर्षको हत्या भएको थियो । आफ्नो निर्णय सुनाउँदै न्यायाधीशले ती पूर्व-प्रहरी अधिकारी शाविनले आफ्नो पदीय अधिकारको दुरुपयोग गरेको र फ्लोयडलाई क्रूर व्यवहार गरेको बताए ।

४५ वर्षीय शाविनलाई निहत्था फ्लोयडको ९ मिनेटसम्म घाँटीमा थिचेका थिए। जुन वर्ष गत मेमा मिनियापोलिसमा यो घटना भएको थियो ।

फ्लोयडको केही मिनेटपछि मृत्यु भएको थियो। यो घटनाको भिडियो सार्वजनिक भएपछि विश्वभर भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर जातीयता र पुलिसको क्रूर व्यवहारविरुद्ध कडा विरोध प्रदर्शन भएको थियो।

फ्लोयडलाई ९ मिनेटसम्म घाँटी थिचेर हत्या गर्ने प्रहरी अधिकारीलाई २२ वर्ष जेल सजाय

भारतमा थप ४८ हजार संक्रमित, झण्डै १२

Leave a comment

Your email address will not be published. Required fields are marked *