रश्मिकालाई भेट्न नौ सय किमि यात्रा

एजेन्सी कर्नाटक । कतिपय प्रशंसक आफ्नो मनपर्ने कलाकारको एक झलक पाउनका लागि जस्तोसुकै दुःखकष्ट सहन पनि तयार हुन्छन्। दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाका एक प्रशंसकले पनि उनलाई भेट्न यस्तै दुःख गरेका छन् ।

एक प्रशंसकले रश्मिकालाई भेट्न नौ सय किलोमिटरभन्दा टाढाको यात्रा तय गरेका थिए । अभिनेत्रीलाई भेट्नकै लागि ती व्यक्ति तेलंगनादेखि कर्नाटकको कोडागाउँसम्म पुगेका थिए। तर, यति लामो यात्रा तय गर्दा पनि उनले आफ्नो मनपर्ने अभिनेत्रीलाई भेट्न भने पाएनन् ।

आकाश त्रिपाठी नामका ती प्रशंसक गुगल सर्च गर्दै त्यहाँसम्म पुगेका थिए। उनले ठाउँठाउँमा अभिनेत्रीको निवासबारे सोधपुछ गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ती व्यक्तिको शंकास्पद गतिविधि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले ती व्यक्तिलाई कोडागाउँमा लकडाउन लगाइएको र रश्मिका पनि चलचित्र छायांकनका लागि मुम्बई गएको भन्दै तेलंगना फर्काइदिएको थियो। सुरुमा रश्मिकालाई नभेटिकन घर नफर्किने अड्डी कसेका उनी प्रहरीले सम्झाएपछि भने घर फर्किन राजी भएका थिए।

रश्मिका मन्दना भने अहिले मुम्बईमा बस्छिन्। बलिउडमा डेब्यु गर्न लागेकी उनले मुम्बईमा केही समयअघि मात्र नयाँ अपार्टमेन्ट लिएकी थिइन्। रश्मिका सिद्धार्थ मल्होत्रासँग ‘मिसन मजनु’बाट बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्।

रश्मिकालाई भेट्न नौ सय किमि यात्रा

क्लासी लुक्समा ‘ड्रिम गर्ल’ नुसरत

रश्मिकालाई भेट्न नौ सय किमि यात्रा

किल बिलको रिमेकमा कृति

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!