२०८३ असार २ गते
×

Now Playing

कोरोना कहरमा पनि मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगारको काम जारी

दुर्गा विसि

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा भने कोरोना कहरमा पनि रोजगारको काम जारि नै राखेको छ । मुख्यमन्त्री तर्फको ३ करोड ८२ लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ९१ लाख वजेटको काम जारि रहेको छ । विभिन्न वडाहरुमा ति कामले मुर्तरुप लिएका छन् ।

लकडाउनमा स्वास्थ्य मापदण्ड पालन गर्दै रोजगारि गुमेका घरमा गासको जोह नभएका वेरोजगार नागरिकका लागि यो रोजगारमुलक कार्यक्रमले निकै लाभ दिने अध्यक्ष कविन्द्र कुमार केसिको भनाइ छ ।कोरोना कहर र यो माहामारिमा सिम्ता गाउँपालिकाले कोभिड जनचेतनामूलक कार्यक्रम सुरु गर्यो ।

तत्तपश्चात रोग र भोकले कोहि समस्यामा नपरुन भनेर मुख्यमन्त्री तथा प्रधानमन्त्री कार्यक्रमको कामकाज सुरुवात गरेको छ । केही वडाका योजना सम्पन्नता समेत भएको जनाएको छ ।विद्यालय घेरवार,फिल्ड निर्माण ,सडक लगाएतका क्षेत्रमा रोजगारमुलक वजेट विनियोजन भएको छ ।सबै वजेट वेरोजगारिहरुबाटै सञ्चालन गरिरहेको जनाएको छ ।  कोभिड मापदण्ड पालन गर्दै यी योजनाका काम सरसर्ती अघि वढाएको छ ।गाउँपालिका लेखाअधिकृत भुपेन्द्र भण्डारिका अनुसार प्रधानमन्त्री तर्फको काम सम्पन्न भैइ २४ लाख भुक्तानी समेत भैसकेको छ अन्य काम जारि रहेको छ ।

अर्को मुख्यमन्त्री तर्फकोब बाँकी काम भैरहेको छ ।योजनाको कार्य सम्पन्नता पश्चात् सबै रकम भुक्तानी हुने समेत लेखा अधिकृत भण्डारीले जानकारी दिएका छन् ।यो सँगै गाउँपालिकाले अन्य विकास निर्माणकार्यका कामकाज समेत जारि राखेको छ ।कोभिड परास्तसँगै विकास समेत प्रभावित नहोस भनेर काम जारि राखेको केसिको भनाइ छ ।

योजनाका धमाधम काम अघि वढिरहेका छन् ।कुनै योजना रोकिएका छैन,जिल्ला प्रशासनसँगको अनुमतिमै गाउँपालिकाले विकासलाई समेत अघि वढाएको छ ।सडक,विद्युतिकरण,खानेपानी,भवन लगाएतका कामले दुर्तरुप लिएको प्रमुख प्रशासकीय अधिकृत टोपवहादुर रानाको भनाइ रहेको छ ।निकै सजगता अपनाइ विकास निर्माणकार्यका कामलाइ अघि वढाउनु गाउँपालिकाको दाइत्व रहेको समेत जनाएको छ ।

कोरोना कहरमा पनि मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगारको काम जारी

बाबु गुमाएका आदर्शको आक्रोश : ओलीले मेरो

Leave a comment

Your email address will not be published. Required fields are marked *