ला लिगा : बिल्बाओसँगको हारले एट्लेटिकोको उपाधि यात्रामा धक्का

एजेन्सी । उपाधि होडमा रहेको एट्लेटिको मड्रडिलाई गएरातिको खेलमा ठूलो धक्का लागेको छ ।​  एथ्लेटिक बिल्बाओसँग २–१ ले पराजित भएपछि एट्लेटिकोले ला लिगाको शीर्ष स्थानमा बलियो उपस्थिति जनाउन सकेन।

एथ्लेटिकको मैदानमा एट्लेटिको पराजय भोग्न बाध्य भयो। ८ मिनेटमै गोल खाएर पछि परेको एट्लेटिको ७७ औं मिनेट बराबरी गर्न सफल त भएको थियो। तर त्यसको ९ मिनेट नबित्दै तथा निर्धारित समय सकिन ४ मिनेट बाँकी छँदा दोस्रो गोल खान पुग्यो ।

बललाई ६५ प्रतिशतभन्दा बढी नियन्त्रणमा लिन सके पनि एट्लेटिकोले बराबरीसम्म गर्न सकेन। लुइस स्वारेज र जाओ फेलिक्स सब्सिच्युट राख्नु प्रशिक्षक डिएगो सिमोनीलाई घात साबित भयो।

स्टेफेन सेभिचले गोल गरेपछि पनि एट्लेटिकोले खेल बराबरीमा ल्याउने केही राम्रा मुभ त बनायो तर हार टार्न सकेन। एथ्लेटिकका अलेक्जेण्डर रेमिरो र इनिगो मार्टिनेजले गोल गरेका थिए।

यो हारसँगै एट्लेटिको ७३ अंकमा खुम्चिएको छ। दोस्रो स्थानको रियल मड्रिड पनि ३३ खेलबाट ७१ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ। यी दुई टोलीभन्दा एक खेल कम खेलेको बार्सिलोनाको पनि रियल समान ७१ अंक छ। ऊ तालिकाको तेस्रो स्थानमा छ।

त्यस्तै गएराति नै भएको खेलमा सेभिल्लाले पनि जित हात पारेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको सेभिल्लाले ग्रानडालाई २–१ गोलअन्तरले हरायो। सेभिल्ला पनि ३३ खेलबाट ७० अंक बनाउँदै लिग उपाधि पछ्याइरहेको छ।

ला लिगा : बिल्बाओसँगको हारले एट्लेटिकोको उपाधि यात्रामा धक्का

सुपर ओभरमा दिल्लीसँग हैदराबाद पराजित

ला लिगा : बिल्बाओसँगको हारले एट्लेटिकोको उपाधि यात्रामा धक्का

मेन्पोरा कप उपाधि रोहित आबद्ध पर्सिजालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *