भारतलाई खोप बनाउने कच्चापदार्थ दिन अमेरिका सहमत

एजेन्सी । अमेरिकाले कोभिशील्ड भ्याक्सिन बनाउन आवश्यक कच्चापदार्थ भारतलाई उपलब्ध गराउन सहमति जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, ‘अमेरिकामा महामारी फैलँदा भारतले जसरी सहयोग गरेको थियो, त्यसरी नै अहिले हामी भारतलाई सहयोग गर्न दृढ संकल्पित छौं ।’

 

उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको यस संकटपूर्ण अवस्थामा भातलाई सहयोग आवश्यक रहेको बताएकी छिन्। ह्यारिस भारतीय–अफ्रिकी–अमेरिकी मुलकी अमेरिकी हुन् ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्यान सुलिवनसँग भारतीय समकक्षी अजित डोभालले भारतमा बढिरहेको कोरोना संक्रमणबारे कुराकानी गरेका थिए। सो क्रममा उनले अमेरिकाबाट खोप बनाउन आवश्यक कच्चापदार्थ आपूर्ति गर्नेबारे पनि छलफल गरेका बताइएको छ ।

अमेरिकाले फेब्रअरीदेखि भ्याक्सिन र औषधि बनाउन आवश्यक कच्चापदार्थ निर्यातमा प्रतिबन्ध लगाएको थियो। सोही प्रतिबन्धका कारण भारतले सास्ती भोगिरहेको हो ।

भारतलाई खोप बनाउने कच्चापदार्थ दिन अमेरिका सहमत

कर्णालीमा कोरोना संक्रमण तीव्र तर रोकथामको पूर्वतयारी

भारतलाई खोप बनाउने कच्चापदार्थ दिन अमेरिका सहमत

सुपर ओभरमा दिल्लीसँग हैदराबाद पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *