मंगलबारदेखि त्रिविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि (मंगलबार) बाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सोमबार बसेको त्रिवि बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा रोक्ने निर्णय गरेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

‘आज भने परीक्षा सञ्चालन गरिसक्यौँ,’उनले भने ,‘भोलिबाट परीक्षा हुँदैन, यहाँबाट सञ्चालित सबै संकायको परीक्षा रोक्ने निर्णय गरेका छौं ।’

एकसाता अघिबाट मानविकी, व्यवस्थापन, शिक्षा संकायको वार्षिक परीक्षा सञ्चालन हुँदै आएको थियो । काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबार रातिबाट निषेधाज्ञा जारी गर्ने निर्णय पनि गरेको छ ।

मंगलबारदेखि त्रिविका सबै परीक्षा स्थगित

त्यो वैशाख ११ को मध्यरात

मंगलबारदेखि त्रिविका सबै परीक्षा स्थगित

दुर्गमको गास नखोस

Leave a comment

Your email address will not be published. Required fields are marked *