हङ्कङ्बाट काठमाडौं आएको विमान दिल्ली ‘डाइभर्ट’स् खुल्यो विमानस्थल

काठमाडौं । मौसममा अचानक आएको परिवर्तनपछि बन्द भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही सुधारपछि पुनः सुचारु भएको छ । भिजिविलिटीमा सुधार आएपछि विमान उडान तथा अवतरण खुला गरिएको विमानस्थल स्रोतले जानकारी दियो ।

वायुमण्डलमा धुलो र धुवाँको मिसिएको तुवाँलो फैलिँदा १ हजार मिटर भिजिविलिटी भएकोमा अहिले १६ सय मिटर भिजिविलिटी पुगेपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । झन्डै २ घण्टासम्म बिमानस्थल बन्द हुँदा हङकङबाट आएको क्याथे ड्रागमनको विमान डाइभर्ट गरेर दिल्ली पठाइएको छ ।

नेपाल एयरलाइन्स र हिमालय दमाद लगायतका केही विमानहरुलाई आकाशै होल्ड गर्नुपरेको थियो । यस्तै आन्तरिक उडान तर्फका सम्पूर्ण उडान तथा अवतरण बन्द भएको थियो भने अहिले पुन सुचारु भएको छ ।

हङ्कङ्बाट काठमाडौं आएको विमान दिल्ली ‘डाइभर्ट’स् खुल्यो विमानस्थल

नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन

हङ्कङ्बाट काठमाडौं आएको विमान दिल्ली ‘डाइभर्ट’स् खुल्यो विमानस्थल

चार जिल्लामा शनिबार ७ घण्टा विद्युत अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *