चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

बेइजिङ । चीनको केही भूभागमा कोरोनाभाइरस संक्रमण फेरी बढ्न थालेको छ । चीनको उत्तर(पश्चिमस्थित भित्री मंगोलियामा सोमबार स्थानीयलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।
३५ हजार ७०० जनसंख्या रहेको त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन भनिएको छ । उनीहरुलाई कडा प्रतिबन्धहरु पालना गर्न लागाइएको छ । अहिले भित्री मंगोलियनको एजिन कोरोनाभाइरसको हटस्पट बनेको छ ।

पछिल्लो साता त्यहाँ डेढसय नयाँ संक्रमित थपिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ११ राज्यमा कोभिड संक्रमण फैलिएको जनाएको छ । तीव्ररुपमा भाइरस संक्रमण फैलिएपछि ती राज्यमा लकडाउन लागू गरिएको छ ।
चीनमा सोमबार भेटिएका संक्रमणमध्ये ३८ वटा भित्री मंगोलियाबाट छन् । राजधानी बेइजिङमा कोरोना संक्रमित संख्या १२ पुगेको छ । कोरोना फैलिएका राज्यबाट बेइजिङ जानेहरुले कडा सर्तहरुको पालना गर्नुपर्ने भएको छ ।
बेइजिङसहित भित्री मंगोलिया, गांसु, निंग्जिया र गुइझोइमा कोभिड संक्रमण बढिरहेको छ । यी राज्यमा देशका अन्य राज्यबाट जान प्रतिबन्ध लगाइएको छ ।





